(Japan) 19 th April | 2024 | Friday | 7:01:06 AM || (Nepal) 3:46:06 AM
 
 


कोरोना संक्रमणबाट बच्न १३ प्रतिशत जापानी टेलिवर्कमा सम्लग्न

  POSTED ON : Tuesday, 24 March, 2020 | Views : 3604

कोरोना संक्रमणबाट बच्न १३ प्रतिशत जापानी टेलिवर्कमा सम्लग्न


टोकियो, जापान ।

जापानमा कोभिड १९ कोरोना भाईरसको संक्रमणबाट जोगिन १३ प्रतिशत कर्मचारीहरुले घरबाटै काम गर्न थालेका छन् ।

ईन्टरनेटको माध्यमबाट घरबाटै काम (टेलिवर्क) गर्ने सुविधा सबैजसो ठूला कम्पनीहरुको आफ्ना कर्मचारीहरुलाई दिएपछि यो संख्या बढ्दो क्रममा रहेको छ ।

पर्सोल रिसर्च एण्ड कन्सल्टिगं कम्पनीले गरेको अनुसन्धानका क्रममा ४७.८ प्रतिशत उत्तरदाताले पहिलो पटक आफुहरुले टेलिवर्कको अभ्यास गरेको बताएका छन् ।

भाईरस संक्रमणले जापानमा टेलिवर्कको अभ्यासलाई सुरुवातसँगै विकट क्षेत्रमा रहेरपनि कार्यालयको काम नियमित गर्न सकिने अवसरलाई परिक्षण गरिरहेको विश्लेषण गरिएको छ ।

मार्च ९ देखी १५ तारिखसम्म दर्जनौं कम्पनीमा कामगर्ने २१ हजार कर्मचारीमा गरिएको सर्वेक्षणमा टेलिवर्कमा आवद्ध नभएका कर्मचारीहरुले यो उत्तम विकल्प भएको बताएका छन् ।

टेलिवर्कमा सहभागी हुन नपाएकाहरुले समेत भाईरस संक्रमणबाट जोगिन टेलिवर्क उत्तम भएको भन्दै सहभागी हुन ईच्छा व्यक्त गरेका थिए ।

सम्बन्धित सामग्री: