(Japan) 20 th May | 2022 | Friday | 3:14:16 AM || (Nepal) 11:59:16 PM
 
 

जापान अध्ययन गर्ने विद्यार्थीलाई खुशीको खवर-अब सिओईको म्याद ६ महिनासम्म रहने

  POSTED ON : Tuesday, 10 March, 2020 | Views : 2666

जापान अध्ययन गर्ने विद्यार्थीलाई खुशीको खवर-अब सिओईको म्याद ६ महिनासम्म रहने


लक्ष्मि पौडेल-टोकियो, जापान ।

जापानले बिदेशी विद्यार्थीहरुलाई दिने अध्ययन अनुमति पत्र सिओईको म्याद बढाएर ६ महिना बनाउने निर्णय गरेको छ ।

कोरोना भाईरसका कारण जापान अध्ययनका लागि आउन लागेका विद्यार्थीमा परेको असर कम गर्न जापानले नयाँ घोषणा गरेको हो ।

यो निर्णयसँगै जापान प्रवेशका लागि अनुमति पत्र 'सर्टिफिकेट अफ इलिजिविटी' पाएरपनि जापान आउन रोकिन पुगेका विद्यार्थीहरुले ठूलो राहत पाउने भएका छन् ।

जापानको न्याय मन्त्रालयले मार्च १० तारिक मंगलबार एक सूचना जारी गर्दै सिओईको समय बढाएको जनाएको छ । यसअघि इमिग्रेशन सर्भिस एजेन्सीले जारी गर्ने सिओईको म्याद ९० दिनको मात्र हुने गर्दथ्यो ।

यो निर्णयसँगै अब जापान अध्ययनको लागि सिओई पाएर जाने कि नजाने भन्ने दोधारमा परेका लाखौं बिदेशी विद्यार्थी लाभान्वित हुनेछन् ।

सिओईको म्याद ६ महिना हुने भन्दै न्याय मन्त्रालयले यो अवधि भित्रमा सम्वन्धित देशमा रहेको जापानी दूतावासबाट भिषा भने लिईसक्नुपर्ने स्पष्ट पारेको छ ।

सिओईको म्याद ६ महिना भएपनि विद्यार्थीहरुले सिओई निस्केको ३ महिनाभित्रमा पनि आफु स्कुल वा कलेजमा जान नसक्ने भएमा सो बारेमा जानकारी गराउनुपर्ने जापानको न्याय मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।