(Japan) 29 th March | 2024 | Friday | 8:07:31 PM || (Nepal) 4:52:31 PM
 
 


जापानको लोकप्रिय लाईन सोसल एपका ४२२५ प्रयोकर्ताको खाता ह्याक

  POSTED ON : Friday, 28 February, 2020 | Views : 2242

जापानको लोकप्रिय लाईन सोसल एपका ४२२५ प्रयोकर्ताको खाता ह्याक


टोकियो, जापान ।

जापानमा सर्वाधिक प्रयोग हुने म्यासेजिगं एप लाईनले आफ्ना ४२ सय २५ प्रयोगकर्ताको खाता फेब्रुवरी महिनामा ह्याक भएको जनाएको छ ।

लाईन कर्पोरेसनका अनुसार ह्याक भएका खाता मध्ये ४ हजार ७३ वटा प्रयोगकर्ता जापानका हुन् भने ८१ ताईवाना र दुईवटा थाईल्याण्डका प्रयोगकर्ता परेका छन् । यसैगरि ह्याक भएका ६९ अन्य प्रयोगकर्ताहरु विश्वको विभिन्न देशका रहेको जनाईएको छ ।

ह्याक भएका व्यक्तिको खाता प्रयोग गरेर प्रयोगकर्तालाईनै म्यासेज गर्ने, विभिन्न वेवसाईट लगईन गर्न भन्दै म्यासेज पठाउने जस्ता दुरुपयोग बढी रहेको लाईन कम्पनीले बताएको छ ।

लाईनले आफ्ना प्रयोगकर्ताहरुलाई खाता दुरुपयोग हुनबाट जोगाउन पासवर्ड परिवर्तन तथा आफुले सम्झन सक्ने तर छोटो र सहज अनुमान गर्न सक्ने नराख्न अनुरोध गरेको छ ।

यसैगरि लाईन कम्पनीले कुनैपनि व्यक्तिको खाता अनधिकृत रुपमा दुरुपयोग हुन खोजेको शंका लागेमा प्रयोगकर्तालाई खाता पुन प्रमाणीत गराउन जानकारी गराउने समेत जनाएको छ ।

कम्पनीले सम्पूर्ण प्रयोगकर्ताहरुलाई कसैको खाताबाट आएका जथाभावि वेवसाईटको लिंकमा क्लिक नगर्न र आफ्ना विवरण नदिन समेत सचेत गराएको छ ।

सम्बन्धित सामग्री: