(Japan) 20 th May | 2022 | Friday | 4:08:22 AM || (Nepal) 12:53:22 AM
 
 

जापानमा कोरोना असर-भाईरस फैलन नदिन सबै विद्यालयहरु बन्द, विश्व विद्यालयहरुपनी प्रभाबित

  POSTED ON : Friday, 28 February, 2020 | Views : 2346

जापानमा कोरोना असर-भाईरस फैलन नदिन सबै विद्यालयहरु बन्द, विश्व विद्यालयहरुपनी प्रभाबित


टोकियो, जापान ।

जापानमा कोरोना भाईरसको संक्रमण नियन्त्रण प्रयास गर्दै सरकारले आगामी एक महिना सम्पूर्ण विद्यालय बन्द गर्न  निर्देशन दिएको छ ।

प्रधानमन्त्री सिन्जो आवेले जापानका सबै विद्यालयहरु बन्द गर्न बिहीवार आह्वान गरेसँगै आगामी सोमाबारबाटै विद्यालयहरु बन्दहुने भएका छन् ।


कोरोना भाईरसको प्रभावलाई मध्यनजर गर्दै आबेले मार्च २ देखी हारु यासुमी (बसन्त ऋतुमा विद्यालयहरुमा दिइने लामो विदा) सम्म जापान भरिका सार्वजनिक विद्यालयहरु बन्द गर्न आह्वान गरेका हुन् ।


यसअघि नै हिजोबाटै होक्काइदो प्रान्तमा रहेका १६०० विद्यालयहरुलाई एक हप्ता बन्दको निर्णय आइसकेको थियो । प्राथमिक तथा जुनियर हाइस्कुलका विद्यार्थीहरु सहित ५० भन्दा बढिमा कोरोनाभाइरसको संक्रमण देखिएपश्चात छोटो समयका लागि विद्यालय बन्द गर्ने निर्णय गरेकै भोलीपल्ट देशभरका प्राथामिक, माध्यमिक तथा उच्च विद्यालयहरु बन्दको निर्णय आएको हो ।


जापानका विभिन्न क्षेत्रमा रहेका विद्यालयहरुले शैक्षिक गतिविधिहरुलाई घटाएका थिए ।


टोकियोमा रहेको ओच्यानोमिजु विश्वविद्यालयले सम्बन्धन पाएका किन्टरगार्टेन, प्राथमिक, माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरु शुक्रबारदेखिनै एक महिनाका लागि बन्द गर्ने बताएको छ ।


कानागावामा रहेका विद्यालयहरुको स्नातक र प्रवेश समारोहहरुमा परिवारका सदस्य तथा अभिभावकहरुलाई नआउन भनेको छ ।


होक्काइदोको साप्पोरोमा रहेका ३०० विद्यालयहरु यही शुक्रबारदेखि मार्च ६ सम्म बन्द छन् ।


विहिबारसम्म जापानभरका टोकियो, होक्काइदो, आइची तथा चिवासहित १९ वटा प्रान्तहरुमा कोरोभाइरसको संक्रमण भेटिएको छ । जसमा १७५ जना मानिसहरु संक्रमित छन् ।


सरकारको निर्णय पछि निम्न प्राथमिक, प्राथमिक सहित सबै बिद्यालय बन्द हुने भएपनी बालबालिका हेरचाह केन्द्रहरु भने बन्द हुने छैनन् ।

यसैगरी धेरै नेपाली विद्यार्थीहरु अध्ययनरत भाषा बिद्यालय तथा विश्वविद्यालयहरु समेत तत्काल बन्द नहूने भएका छन ।


भाईरसको सन्क्रमण बढ्दै जादा भाषा विश्व बिद्यालय सहित विश्व विद्यालयहरुको परिक्षा सहित अन्य कृयाकलापहरु प्रभाबितहुने क्रम बढेर गएको छ ।