टोकियो, जापान ।
जापानमा हुन लागेको राष्ट्रिय तथा अन्य सार्वजनिक विश्वविद्यालयहरुको प्रवेश परिक्षा कोरोना भाईरसको संक्रमण हुने भयका बिच हुन लागेको छ ।
जापानको स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो बर्षको तुलनामा यसपटक ३० हजार कम परिक्षार्थीले प्रवेश परिक्षाको लागि आवेदन दिएका छन् ।
यसबर्ष करिव ४ लाख ४० हजारले प्रवेश परिक्षाको लागि निवेदन दिएपछि यो संख्यामा समेत गिरावट हुने आशंका गरिएको छ ।
जापानभर परिक्षा हुन लागेका स्थानमा विश्वविद्यालयहरुले परिक्षार्थीहरुलाई अनिवार्य मास्क लगाउनुपर्ने नियम राख्नुका साथै अन्य सुरक्षाको उपाय अपनाउने भएका छन् ।
परिक्षार्थीहरुलाई हलमा प्रवेश अघि मास्क अनिवार्य लगाउनुपर्ने, हातमा अल्कोहल लगायत किटाणुमार्ने पदार्थ राखेर सफा गरेर मात्र भित्र प्रवेश गराउने भएका छन् ।
यसबाहेक केही विश्वविद्यालयहरुले परिक्षार्थीहरुको शरिरको तापक्रम समेत मापन गर्ने भएका छन् ।
केही विश्वविद्यालयहरुले यसअघि लिने अतिरिक्त परिक्षाहरु नलिने भएका छन् । त्यसको विकल्पमा विद्यार्थीहरुको यसअघिको अध्ययन नतिजा तथा अन्य सहायक पक्षलाई मुल्यांकन गर्ने भएका छन् ।
यसका साथै युनिभर्सिटी अफ टोकियो सहित कयौं विश्वविद्यालयहरुले यसअघि विश्वविद्यालय हातामा नतिजा सार्वजनिक गर्ने गरेकोमा अनलाईनमै नतिजा सार्वजनिक गर्ने भएका छन् ।