(Japan) 5 th June | 2023 | Monday | 1:40:25 AM || (Nepal) 10:25:25 PM
 
 

जापानमा कोरोना भाईरसको असरले विद्यालयहरु बन्द हुन थाले

  POSTED ON : Tuesday, 25 February, 2020 | Views : 18116

जापानमा कोरोना भाईरसको असरले विद्यालयहरु बन्द हुन थाले


टोकियो, जापान ।

जापानका स्वास्थ्यमन्त्री कोइची हागिउदाले कोरोना भाईरसको संक्रमण फैलिएका कारण विद्यालयहरु बन्द हुन थालेको बताएका छन् ।

मंगलबार मन्त्री कोइचीले एजुकेशन बोर्डलाई कोरोना भाईरसको संक्रमण फैलिएका कारण सिमित समयको लागि विद्यालय बन्द गर्न अनुरोध गरेको बताएका छन् ।

मन्त्री कोइचीले होक्काईदो र टोकियो नजिकको चिबा शहरमा कोरोना भाईरसको संक्रमण हुन नदिने उपाय अपनाउनेबारे त्यहाँको शैक्षिक बोर्डसँग छलफल गरेका छन् ।

मन्त्री कोइचीले होक्काईदो र चिबामा कोरोना भाईरसको संक्रमण पाइएको क्षेत्रमा केही विद्यालयहरु बन्द भएको पुष्टि गरेका छन् ।

संक्रमण फैलन नदिन भन्दै स्थानिय सरकारलाई पूर्व जानकारी नदिईकनै बन्द भएको र संक्रमणसँग जुध्न तथा बन्द गरिनुपर्ने अवस्थाबारे मन्त्रालयले निश्चित मापदण्ड तयार पार्न लागेको मन्त्री कोईचीले बताएका छन् ।

जापानका स्वास्थ्यमन्त्री कोईचीले अभिभावकहरुलाई आफ्ना बालबालिकालाई विद्यालय पठाउनुअघि उनिहरुको शरिरको तापक्रम चेकजाँच गर्न तथा स्वास्थ्यमा समस्या देखिएमा नपठाउन अनुरोध गरेका छन् ।

यसैगरि शिक्षकहरुले पनि कुनै विद्यार्थीहरुलाई स्वास्थ्य समस्या पाईएमा विद्यालय नआउन तथा चेकजाँच र आराम गर्न लगाउन अनुरोध गरेका छन् ।