टोकियो, जापान ।
अब जापानमा पनि मोबाईल फोन प्रयोगकर्ताहरुले अत्यन्त उच्च गतिको फाईभ जी ईन्टरनेट चलाउन पाउने भएका छन् ।
जापानको सञ्चार मन्त्रालयले जापानका चारवटा मोबाईल फोन कम्पनीलाई फाईभ जी ईन्टरनेट सञ्चालनको लागि बुधवार अनुमति दिएको छ ।
सञ्चार मन्त्रालयको एक समितिले तत्कालको लागि एनटिटी डोकोमो, केडिडिआई, सफ्ट बैंक सहित नयाँ कम्पनी राकुटेनलाई यस्तो अनुमती दिएको हो ।
एनटिटी डोकोमो, केडिडीआई अन्तर्गतको एयु मोबाई र सफ्ट बैंकले आगामी ६ महिना भित्रमानै राजधानी टोकियो सहित देशको केही भागमा फाईभ जी नेटवर्कको परिक्षण गर्ने तयारी थालेको जनाएको छ ।
सबै चार मोबाईल फोन सेवा सञ्चालक कम्पनीले सन् २०२० भित्रमा जापानभर स्मार्टफोन मोबाईलमा फाईभ जी ईन्टरनेट उपलब्ध गराउने तयारी रहेको जनाएको छ ।