(Japan) 19 th April | 2024 | Friday | 1:34:22 PM || (Nepal) 10:19:22 AM
 
 


जापानमा शरणार्थी आवेदन दिनेमा अधिकाशं विद्यार्थी

  POSTED ON : Saturday, 10 March, 2018 | Views : 2917

जापानमा शरणार्थी आवेदन दिनेमा अधिकाशं विद्यार्थी


टोकियो ।

जापानमा शरणार्थी आवेदन दिनेमध्ये अधिकाशं विदेशी विद्यार्थी भएको पाइएको छ ।

 

जापानमा अध्ययनको लागि आउने विदेशीले शरणार्थी बन्न आवेदन बढी दिने गरेको तथ्य सार्वजनिक भएसँगै त्यस्ता आवेदकको छिनोफानो ६ महिना भित्र गरिने भएको छ ।


जापान सरकारले २०१५ मा ७ हजार ५ सय ८६ जनाले शरणार्थी बन्न पाउँ भनेर दिएको निवेदन मध्ये नेपाली मात्रै १ हजार ८६ जना रहेको खुलासा गरेको छ ।


यसै बर्ष ईण्डोनेसियाका ९६९ जना टर्कीका ९२६ जना म्यानमारका ८०८ जना र भियतनामका ५७४ जनाले आवेदन दिएका थिए ।


जापानी संचारमाध्यमहरुले जापानी अधिकारीहरुलाई उदृत गर्दै उल्लेख गरे अनुसार सन् २०१६मा करिव १० हजार वढीको आवेदन दिएका थिए । यो अहिलेसम्मकै बढी आवेदन हो ।


अब शरणार्थी बन्न खोज्नेको छिनोफानो ६ महिनामै

शरणार्थी बन्न आवेदन दिनेको संख्या उच्च भएसँगै अध्ययागमन विभागले आगामी साताबाट नयाँ आवेदकको आवेदन ६ महिनाभित्रै टुंगो लगाउनेगरि काम थालेको जनाएको छ ।


नयाँ सफ्टवेरको माध्यमबाट आवेदन हेरेर विभिन्न समुहमा छुट्याउने र पुन आवेदन दिएकाको हकमा समेत कडाई गरेर ६ महिनाभित्र यस्ता आवेदनबारे निर्णय गर्ने भएको छ ।


अध्ययनका लागि आएकाहरुसँगै प्रशिक्षार्थी कामदारको भिषामा रहेकाहरुसमेत भागेर शरणार्थी आवेदन दिने क्रम बढेको छ ।


शरणार्थी बन्न आवेदन दिएकाले आफ्नो देशमा अशुरक्षा वा अन्य कारण भन्दापनि जापानमा राम्रो कमाई हुने भएकै कारण बस्न चाहेको पाइएको बताइन्छ ।


सन् २०१० मा १२ सय २ जनाले शरणार्थी आवेदन दिएकोमा २०१५ मा ७ हजार ५ सय ८६ हुँदै  ०१६ मा १० हजार नाघेपछि जापानले शरणार्थी आवेदन दिने प्रक्रियामै कडाइ गर्न थालेको छ ।


आवेदन बढेपछि जापानले शरणार्थीको मान्यता दिएर २०१० यता जम्मा ३९ जनालाई स्विकृत दिएको बताइएको छ ।


पछिल्लो समय जापानले आप्रवासी र शरणार्थीहरुलाई जापान प्रवेशमा कडाइ र रोक लगाउने नयाँ नियमहरु बनाएसँगै जापानले पनि यसमा कदम चाल्ने ठानिएको छ ।

सम्बन्धित सामग्री: