(Japan) 10 th August | 2022 | Wednesday | 8:44:18 PM || (Nepal) 5:29:18 PM
 
 

जापानी बैज्ञानिकहरुले छुद्र ग्रहमा पानी रहेको पत्ता लगाए

  POSTED ON : Thursday, 21 March, 2019 | Views : 2372

जापानी बैज्ञानिकहरुले छुद्र ग्रहमा पानी रहेको पत्ता लगाए


टोकियो-जापान ।

जापानका बैज्ञानिकहरुले छुद्र ग्रहमा पानी रहेको पत्ता लगाएका छन् ।

जापानले प्रक्षेपण गरेको हायाबुसा २ यानले खोजका क्रममा संकलन गरेको छुद्र ग्रहमा रहेको चट्टानको अध्ययन गर्दा त्यहाँ पानी रहेको पुष्टि भएको हो ।

जापानी अन्तरिक्ष अनुसन्धान केन्द्र जाक्सामा आवद्ध जापानी अनुसन्धानकर्ताहरुले हायाबुसा २ यानले छुद्र ग्रहमा संकलन गरेका कयौं चट्टाहरुको दुई महिना लामो अध्ययनपछि यस्तो पुष्टि गरेका हुन् ।

जापानी वैज्ञानिकहरुका अनुसार छुद्र ग्रहमा पानी रहेको पुष्टि भएपनि पानी ठोस आकारमा नभई त्यहाँ रहेको खनिजमा पानीको मात्रा रहेको पुष्टि भएको बताएका छन् ।


अध्ययनका आधारमा बैज्ञानिकहरुले छुद्र ग्रहको उत्पत्ती खगोलिय पिण्डहरु जुध्दा चट्टाहरुको समुहबाट बनेको बताएका छन् ।

बधाई जापान ! अन्तरिक्ष खोजमा जाक्साको स्वर्ण दिन-हायाबुसा २ क्षुद्र ग्रहमा सफल अवतरण