टोकियो ।
जापानमा बिदेशी बालबालिकाहरु प्राथमिक तह भर्ना भएर विद्यालय अध्ययन गर्न न्यून संख्यामा आउनेबारे जापानले अनुसन्धान गर्ने भएको छ ।
यहाँको शिक्षा मन्त्रालयले स्थानिय सरकारहरुसँग समन्वय गरेर जापानमा बिदेशी नागरिकका बालबच्चाहरु प्राथमिक तहमा भर्ना भएपनि निम्न माध्यमिक तथा माध्यमिक तहको पढाई सम्ममा विद्यालयमा नदेखिनुको कारणबारे अनुसन्धान गर्ने भएको हो ।
माईनिचि सिम्बुनमा प्रकाशित समाचार अनुसार १६ हजार बढी बिदेशी बालबालिकाहरु जापानमा अध्ययनका लागि भर्ना भएरपनि अध्ययनको लागि नगएको तथ्य स्थानिय नगरपालिका कार्यालयहरुको तथ्यांकले देखाएको छ ।
जापानी बालबालिकाहरुको लागि विद्यालय तहसम्मको अध्ययनको लागि अभिभावकले विद्यालय पठाउनै पर्ने अनिवार्यता भएपनि बिदेशी बालबालिकाको हकमा नभएकाले कति बिदेशी बालबालिका जापानमा रहेका छन् र कतिसंख्यामा अध्ययन गर्न गईराखेका छैनन् भन्ने यकिन तथ्यांक जापान सरकारसँग समेत रहेको छैन ।
जापानको शिक्षा मन्त्रालयले भर्ना पश्चातपनि विद्यालय नगएका बिदेशी नागरिकका बालबालिकाहरुलाई कसरी पुन विद्यालयमा फर्काउन सकिन्छ भन्ने बारेको सुझाव सहित अध्ययन गर्न स्थानिय निकायहरुलाई भनेको छ ।
साथै अनुसन्धानबाट भर्ना भएरपनि विद्यालय अध्ययनका लागि नजाने वा नपठाउने कारण खोतल्ने बताईएको छ ।