(Japan) 10 th August | 2022 | Wednesday | 7:17:00 PM || (Nepal) 4:02:00 PM
 
 

आठौं जापानी भाषा वक्तृत्वकला र अडियन्स उपाधि सुशीलले जिते, सबिना र सुमनपनि बिजेता (भिडियो सहित)

  POSTED ON : Monday, 18 March, 2019 | Views : 3019

आठौं जापानी भाषा वक्तृत्वकला र अडियन्स उपाधि सुशीलले जिते, सबिना र सुमनपनि बिजेता (भिडियो सहित)


लक्ष्मि पौडेल-टोकियो ।

आठौं संस्करणको जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको बिजेता सुशील पौडेल भएका छन् ।

अन्तिम १४ प्रतिस्पर्धीलाई पछि पार्दै 'नेपाल जापान अध्यायन केन्द्र' नेपाकेनको आयोजनामा भएको जापानी भाषा वक्तृत्वकलाको उपाधि पौडेलले जितेका हुन् ।


जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको जापानी भाषामा अभिवृद्धि गर्ने उदेश्य सहित आईतबार टोकियोको रिस्यो विश्वविद्यालयमा आयोजित प्रतियोगितामा बिजेता पौडेलले प्रथम पुरस्कार सहित नगद ५० हजार जापानी येन र प्रमाणपत्र पाए ।

यसैगरि पौडेलले अडियन्सहरुले उत्कृष्ठ छनौट गरि दिईने अडियन्स पुरस्कार समेत जित्दा नगद १ मान समेत पाउन सफल भए ।

प्रतियोगितामा द्धितिय हुँदै सबिना लामाले ३० हजार नगद र प्रमाणपत्र तथा तृतिय भएका सुमन सापकोटाले २० हजार नगद सहित प्रमाणपत्र हान पार्न सफल भए ।


त्यस्तै, रिस्योउ विश्वविद्यालयद्वारा प्रदान गरिने विशेष पुरस्कार अमित केसीले प्राप्त गरे भने,IHNO को विशेष पुरस्कार छायान कार्कीले प्राप्त गरे ।

यो वर्ष, जाईकाद्वारा सञ्चालित एक कार्यक्रम, JOCV ले प्रदान गर्ने विशेष पुरस्कार केदार भट्टराईले हात पार्न सफल भए ।

आईतबार, टोकियोको रिस्योउ विश्वविद्यालयको हलमा भएको वक्तृत्वकला प्रतियोगितामा, प्रतिस्पर्धीहरुले जापानी सहित नेपाली कला र संस्कृती तथा पर्यटन लगायत विषयमा जापानी भाषामा आफ्नो वाकक्षमता प्रस्तुत गरेका थिए ।

कार्यक्रममा,महामहिम राजदुत प्रतिभा राणाको प्रमुख आतिथ्यता रहेको थियो भने ,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले लगायत जापानका विभिन्न संघ संस्थाका पदाधिकारीहरुका साथमा नेपाकेनका अध्यक्ष जिज्ञान कुमार थापा लगायत जापानी तथा नेपाली समुदायका अन्य लब्ध प्रतिष्ठित व्यक्तिहरुको गरिमामय उपस्थिती रहेको थियो ।

नेपाकेनले विगत आठ वर्षदेखि जापानमा, विभिन्न क्षेत्रमा अध्ययनरत नेपाली विद्यार्थीहरुको जापानी भाषामा दक्षता अभिवृद्धि गर्ने उदेश्यले यस किसिमको प्रतियोगिता आयोजना गर्दै आएको छ ।यस पटक प्रतियोगिताको संयोजन धीषण निरौलाले गरेका थिए भने प्रचारप्रसारमा नेपाकेनका अन्य सदस्यहरुले ज़िम्मेवारी लिएका थिए ।

नेपाकेनले,जापानको व्यस्तताको बावजुद पनि कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण वर्ग -सहभागी,प्रायोजक,सञ्चारकर्मी,विज्ञ,स्वयम् सेवक लगायत सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।