(Japan) 10 th August | 2022 | Wednesday | 8:06:35 PM || (Nepal) 4:51:35 PM
 
 

सयौं नेपाली विद्यार्थी सहित ७ सय विदेशी विद्यार्थी टोकियोबाट बेपत्ता

Jack Khadka   POSTED ON : Saturday, 16 March, 2019 | Views : 3324

सयौं नेपाली विद्यार्थी सहित ७ सय विदेशी विद्यार्थी टोकियोबाट बेपत्ता


टोकियो ।

जापानको टोकियोमा रहेको एक विश्व विद्यालयमा अध्ययनरत सयौं नेपाली विद्यार्थी सहित ७ सय बढी बिदेशी विद्यार्थीहरु सम्पर्कविहिन भएका छन् ।

जापानी समाचार संस्था एनएचके टेलिभिजनले प्रशारण गरेको समाचार अनुसार ति विद्यार्थीहरु गएको अप्रिल महिना यता सम्पर्क विहिन भएका हुन् ।

टोकियो युनिभसिर्टी अफ सोसियल वेलफेयरका अनुसार नेपाल, भियतनाम, मंगोलिया, म्यानमार लगाएका देशका विद्यार्थीहरु अध्ययनरत टोकियो फुकुसी दाइगाकु विद्यालय अन्र्तगतका विद्यालयबाट यतिधेरै विद्यार्थी पढाई सकिनुअगावै विद्यालयबाट सम्पर्क विहिन बनेका हुन् ।

५ हजार बढी बिदेशी विद्यार्थीहरु अध्ययनरत टोकियो फुकुसी दाइगाकु अन्र्तगत टोकियो क्षेत्रमा विश्वविद्यालयको ईकेबुकुरो, गुन्माकेनको ईसेसाकी लगायतका विभिन्न स्थानहरुमा विद्यालय सञ्चालनमा रहेका छन् ।

जापानी भाषा, प्राविधिक शिक्षा तथा विश्वविद्यालको पाठ्यक्रम यि विद्यालयहरुमा पढाई हुने गरेको छ ।

समाचार अनुसार टोकियो फुकुसी दाइगाकुमा अध्यनरत विद्यार्थीहरुको संख्या वासेदा विश्वविद्यालय पछीको सबैभन्दा धेरै संख्या हो ।

विदेशी विद्यार्थीहरु ठूलो संख्यामा अध्ययन सकिनु अगावै सम्पर्क विहिन भएको घटनालाई सो विश्व विद्यालय र जापानको शिक्षा र न्याय मन्त्रालयले अनुसन्धान गर्ने भएका छन् ।

ठूलो संख्यामा बिदेशी विद्यार्थीहरुले एकसाथ अध्ययन छाडेर सम्पर्क विहिन हुनुको कारण पत्ता लगाएर समस्या समाधानको लागि काम गर्ने विश्व विद्यालयले जनाएको छ । 

टोकियो फुकुसी दाइगाकु जापानको चार ठूला विश्व विद्यालयभित्र पर्दछ ।