(Japan) 10 th August | 2022 | Wednesday | 8:28:40 PM || (Nepal) 5:13:40 PM
 
 

टोकियो वासेदा युटिभर्सिटिका जापानी विद्यार्थीहरुद्धारा झापामा दलितको घर बनाउन श्रमदान

  POSTED ON : Sunday, 17 February, 2019 | Views : 2337

टोकियो वासेदा युटिभर्सिटिका जापानी विद्यार्थीहरुद्धारा झापामा दलितको घर बनाउन श्रमदान


काठमाडौं ।

जापानी विद्यार्थीहरुको एक समुहले झापाको गौरीगञ्ज गाउँपालिकामा बिपन्न र दलितको घर निर्माणमा सामुहिक श्रमदान गरेका छन् ।

गौरीगञ्जको वडा नम्वर ६ दमाइँ डाँडाका दलबहादुर विकको घर निर्माणमा जापानी विद्यार्थीहरुले श्रमदान गरेका हुन् ।

गौरीगञ्ज गाउँपालिका र ह्याविट्याड संस्थामार्फत सहारा नेपालको संयुक्त लगानीमा विपन्न तथा दलित परिवारको आवास निर्माण गर्ने सहमतिअनुसार दलबहादुर विकको घर निर्माण गर्न ती विद्यार्थीले श्रमदान गरेका हुन् ।

सहारा गर्ने कोही नभएको विक दम्पत्तीको घर गाउँपालिका र सहारा नेपालले घर बनाइदिने भएपछि ह्याविट्याड संस्थामार्फत जापानको राजधानी टोकियोस्थित बासेदा युनिभर्सिटीका १७ जना विद्यार्थी स्वयंसेवकका रूपमा नेपाल आएका हुन् । 

ह्याविट्याडका आलोक खतिवडाको नेतृत्वमा आएको उक्त टोलीले नौ दिनमा दलबहादुर विकको घर निर्माण सम्पन्न गरेको छ ।

गौरीगञ्जका ३५ विपन्न तथा दलित परिवारलाई तीन कोठाको घर निर्माण गर्ने सहमति गरिएको थियो ।

गौरीगञ्ज–४ को बेलगाछी, बालुगाउ सतार बस्तीका ११, वडा नं ५ को हरिराको मुसहर बस्तीमा १२ र वडा नं ६ को दमाइँ बस्तीमा आठलाई एकीकृत बस्ती योजनाअन्तर्गत रु एक लाख ५० हजारको लागतमा प्रतिघर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनुभयो ।