(Japan) 3 rd October | 2023 | Tuesday | 5:28:05 AM || (Nepal) 2:13:05 AM
 
 


जापानमा गुगलको एआई सर्च ईन्जिन प्रयोग सुरु

  POSTED ON : Wednesday, 30 August, 2023 | Views : 294

जापानमा गुगलको एआई सर्च ईन्जिन प्रयोग सुरु


टोकियो, जापान ।

सर्च ईन्जिन गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालित सर्च इन्जिनको प्रयोगात्मक संस्करण जापानी भाषामा ल्याएको छ।

एआई च्याटबट प्राप्त गर्ने जापान दोस्रो देश बनेको छ । यसअघि अमेरिकामा अंग्रेजी संस्करणको मेमा रिलीज गरिएको थियो ।

गुगल जापानका मुराकामी शिनले यसले गुगलका लागि जापान अत्यन्तै महत्त्वपूर्ण बजार हो भनेर देखाउने बताएका छन् ।

अमेरिकी आईटी कम्पनीले आफ्नै जेनेरेटिभ एआई प्रविधि विकास गरेको छ । नयाँ खोज प्रणालीले थप जटिल प्रश्नहरू स्वीकार गर्ने विभिन्न स्रोतहरूबाट नतिजाहरू देखाउनेछ । जानकारीको शुद्धताको ग्यारेन्टी गर्न सन्दर्भ स्रोतहरूमा लिङ्कहरू समेत समावेश गरिएका छन् ।

कम्पनीले यो परीक्षणले प्रणालीले उत्पादन गर्ने जापानी अभिव्यक्तिको गुणस्तर सुधार गर्न मद्दत गर्ने जनाएको छ।

जापानी बजारमा गुगलको एआई संकरणपछि प्रतिस्पर्धा बढ्ने देखिएको छ किनभने माइक्रोसफ्टको एआई संचालित प्रणालि पहिले नै जापानी संस्करणमा उपलब्ध रहेको छ ।