काठमाडौं ।
आगामी चैत १० गतेबाट सुरु हुने एसईई परिक्षामा सरकारले प्रदेश अनुसार छुट्टाछुट्टै प्रश्नपत्र बनाउने भएको छ ।
सरकारले यस बर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को परिक्षा केन्द्रबाट सञ्चालन गरेपछि प्रश्नपत्र भने प्रदेशअनुसार फरक–फरक बनाउने भएको छ ।
एसईई परीक्षामा प्रदेशगत रुपमा अनिवार्य ६ विषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन हुने भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले यस वर्षको एसईईको परीक्षामा अनिवार्य ६ विषयको परीक्षा समानान्तर सेटबाट सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार कुल १ हजार ९६१ वटा परीक्षा केन्द्रबाट परीक्षा संचालन हुँदैछ ।
शिक्षा सचिव बरालले उत्तरपुस्तिका परीक्षणका लागि झण्डै ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्डले यसपटक प्रश्नपत्रको तयारीदेखि नतिजा प्रकाशनको कामसमेत केन्द्रबाटै हुने जनाउँदै २०७६ बाटमात्रै प्रदेशस्तरमा एसईई संचालन हुने जनाएको छ ।
यस वर्षको एसईई चैत १० गते बिहान ८ बजेबाट सुरु हुनेछ । परिक्षा चैत २१ गते सकिनेछ ।