काठमाडौं ।
नेपालमा रहेर नेपालको विकास, शैक्षिक क्षे सहित सामाजिक क्षेत्रमा सघाउँदै आएका जापानी नागरिक ओके बाजेले पाल्पाको एक विद्यालयको पढाई सुधारको लागि अक्षयकोष स्थापना गर्न २ लाख रुपैयाँ सहयोग गरेका छन् ।
विद्यालयको पढाइस्तर सुधार्न भन्दै ओके बाजेले रामपुर नगरपालिका– १ स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा स्थापित कोषका लागि दुई लाख रुपैयाँ सहयोग गरेका हुन् ।
विद्यार्थीको पढाइको स्तर खस्किएको भन्दै सुधारको लागि जापानी नागरिक ताकेडाले स्थापना गरेको अक्षयकोषमा ओकेबाजेले सहयोग गर्नुभएको हो ।
कोषलाई थप बृद्धि गर्ने उदेश्य सहित ओकेबाजेको नामले परिचित जापानी नागरिक काजुमासा काकीमीले प्रधानाध्यापक टङ्कनाथ पोखरेललाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
प्रधानाध्यापक पोखरेलका अनुसार विद्यालयमा एसइई परीक्षा उत्तीर्ण भएर विज्ञान विषयमा बिएसीसम्म अध्ययन गर्न इच्छुक गरीब, जेहेन्दार, विपन्न र दलित विद्यार्थीको कोषबाट प्राप्त व्याज रकमबाट सहयोग गरिनेछ ।
अध्ययनको चाहना भएरपनि आर्थिक अवस्था कमजोर भएका कारण विद्यार्थीहरुले बिचैमा अध्ययन छाडेको देखेपछि ओके बाजेकै पहलमा ताकेडाले अक्षयकोष स्थापना गरेका थिए ।
अहिले त्यहि कोषलाई थप बृद्धि गर्न ओके बाजेले आफ्नो तर्फबाट २ लाख रुपैयाँ सहयोग गरेका हुन् ।