(Japan) 10 th August | 2022 | Wednesday | 8:02:07 PM || (Nepal) 4:47:07 PM
 
 

विद्यार्थीहरुलाई जापानमा स्थायी रोजगारीको लागि एनआरएन जापानले सेमिनार गर्ने

  POSTED ON : Wednesday, 30 January, 2019 | Views : 4032

विद्यार्थीहरुलाई जापानमा स्थायी रोजगारीको लागि एनआरएन जापानले सेमिनार गर्ने


टोकियो ।

एनआरएनए जापानले बिधार्थीहरुलाई लक्षित गर्दै जापानमा स्थायी रोजगारीको लागि सेमिनार गर्ने भएको छ ।

एनआरएनए जापानले बिधार्थीहरुलाई लक्षित गर्दै बिभिन्न समयमा सेमिमार तथा छात्रवृत्ति जस्ता प्रत्यक्ष सुविधा लिन सकिने योजनाहरु ल्याए संगै, यहि २०१९ फ्रेवरी २३ तारिक सनिबार दिवा २:०० बजे बाट ५:०० बजे सम्म बिधार्थीहरु लाई लक्षित गर्दै सेमिनार गर्ने भएको छ ।

बिधार्थीहरुले कम्पनिहरुमा काम कसरी पाउने र भिजा कसरी परिवर्तन गर्न सकिन्छ भन्ने बिँषयमा १ दिने सेमिनार गर्ने भएको हो ।

IHNO को सहयोगमा आसागया स्थित हलमा उक्त सेमिनार गरिने छ ।

जापानमा काम तथा वर्किङ भिसा कसरी प्राप्त गर्ने तथा अप्रिल बाट सुरु हुने नयाँ प्रणालीबाट जापानमा हुने विद्यार्थीले पाउन सक्ने अबसरको बारेमा बृहत छलफल सेमिनारमा हुने आयोजकको तर्फबाट अध्यक्ष टासि वाङदी लामाले जानकारी दिनुभयो ।


कार्यक्रममा हजारौं बिदेशी कामदारहरुलाई काम दीइरहेको आउट सोर्सिङ ग्रुपबाट पनि आवश्यक कामदारको जानकारीरहने भएकोले मौकाको फाईदा लिन सक्नु हुनेछ ।

東京都杉並区阿佐谷南3-2-19 हलमा सो सेमिनार हुने छ।यस अघि पनि २०१८ जुन ३ तारिक बिधार्थीको लागि Job Seminar गरेकोमा १००औं बिधार्थीको सहभागिता रहेको थियो।संपर्क को लागि nrnanccjapan@gmail.com मा आफ्नो नाम टिपाउनु हुन बिनम्र अनुरोध गरिएको छ ।