टोकियो, जापान ।
जापानमा आउने विदेशी पर्यटकहरु नयाँ प्राविधिक आविष्कारहरूबाट बढ्दो रूपमा लाभान्वित भइरहेका छन् जसले भाषा अवरोधलाई भत्काउँदै छ र आफुले चाहेका स्थानहरुमा मानिसको सहाराबिना प्रविधि प्रयोग गरेर पुग्न सजिलो बनाएको छ ।
एउटा उदाहरण जापानी प्रिन्टिङ फर्म तोप्पानको नयाँ डिस्प्ले हो । जसले कुराकानीलाई वास्तविक समयमा अनुवाद गर्न सक्छ । सी थ्रु स्क्रिनले प्रयोगकर्ताहरूलाई आँखाबाट सम्पर्क कायम राख्न र शारीरिक इशाराहरू मार्फट अवलोकन गर्न अनुमति दिन्छ ।
यो प्रणालीले अंग्रेजी र चिनियाँ सहित १५ भाषाहरू अनुवाद गर्न सक्छ ।
फर्मका प्रतिनिधि, नोसाका तोमोआकीले भने, ूमहामारी कम भएपछि, जापान आउने मानिसहरूको संख्या बढ्दै गइरहेको छ । हामी हाम्रा धेरै प्राविधिक विकासहरु बाहिर ल्याउन चाहन्छौं ताकि उनीहरूले भाषागत बाधा अवरोधको सामना गर्न नपरोस् ।
टेक्नोलोजीले पर्यटकहरूको जीवनलाई सहज बनाउने अर्को उदाहरण जापानी ट्याक्सी(हेलिङ एप गो र चीनका फर्महरूबीचको सहकार्य हो । यो सहकार्यपछि चिनियाँ यात्रुहरूले अब आफ्नै चिनियाँ भाषा एपहरू मार्फत जापानमा ट्याक्सीहरू अनुरोध गर्न सक्छन् ।
गो एपको अपरेटर मोबिलिटी टेक्नोलोजीले दक्षिण कोरियाली र दक्षिणपूर्वी एसियाली फर्महरूसँग समान व्यवस्था गरेको छ । यसले अन्य बजारका कम्पनीहरूसँग सम्झौतामा पनि काम गरिरहेको छ ।