टोकियो ।
जापानमा अध्ययरत नेपाली विद्यार्थीहरुबिच लोकप्रिय जापानी भाषा वक्तृत्वकला प्रतियोगिता यस बर्ष आगामी मार्च १७ तारिखमा आयोजना हुने भएको छ ।
नेपाकेन र रिस्स्यो बिश्वबिद्यालयको संयुक्त आयोजनामा आठौं जापानी भाषा बक्तृत्वकला प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा उत्कृष्ठ हुने तीन जनालाई पुरस्कारको समेत व्यवस्था गरिएको कार्यक्रममा श्रोता तर्फपनि १ मान रासिको पुरस्कार घोषणा गरिएको छ ।
टोक्यो स्थित यामानोते लाइनको ओसाकि स्टेशन नजिक रहेको रिस्स्यो बिश्वबिद्यालयको सभाहलमा हुने प्रतियोगिताको बिजेताले ५ मान नगद सहित सम्मान पत्र पाउनेछ ।
यसैगरि द्धियित हुनेले ३ मान येन र सम्मानपत्र पाउनेछ भने तृतिय हुनेले २ मान जापानी येन नगद पुरस्कार सहित सम्मान पत्र पाउनेछ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक बिद्यार्थीहरूले फेब्रुअरी महिनाको २८ तारीख सम्ममा वतृत्वकलामा प्रस्तुत गर्ने आफ्नो भावना स्पीच सहित आवेदन दिन आयोजकले अनुरोध गरेको छ ।
यसको लागि आवेदकले तलको लिंक बाट अनलाइन फारम भरेर पठाउनु पर्नेछ ।
कार्यक्रममा दर्शकको रुपमा अबलोकन र स्वयंसेवीको रुपमा सहयोग गर्न इच्छुक व्यक्तिले तलको लिंक मार्फत तोकिएको फर्म भरेर पठाउन आयोजकले अनुरोध समेत गरेको छ ।
वक्तृत्वकला कार्यक्रमलाई नेपाली राजदुताबास जापान, गैर आवासिय नेपाली संघ जापान सहित विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोग रहने भएको छ ।
कार्यक्रम हुने मिति, समय, स्थान