टोकियो ।
जापानभर ५ लाख बढी विद्यार्थीहरु विश्वविद्यालय प्रवेश परिक्षामा सहभागी भएका छन् ।
हाईस्कुल तथा स्नातक तह अध्ययनरत विद्यार्थीहरु विश्वविद्यालय प्रवेशको संयुक्त प्रवेश परिक्षामा सहभागी भएका हुन् ।
यस बर्ष शनिवार र सोमबार परिक्षा भईरहेको छ । जसमा ५ लाख ७६ हजार ८ सय ३० विद्यार्थी सहभागी भएका छन् ।
शनिवार परिक्षामा सहभागीहरुले भूगोल, ईतिहाँस, सामाजिक विज्ञान, जापानी भाषा तथा विदेशी भाषाको परिक्षा दिएका छन् ।