(Japan) 26 th March | 2023 | Sunday | 3:32:18 PM || (Nepal) 12:17:18 PM
 
 

जापानद्धारा उत्तर कोरियाको जासुसी र मौसम अनुगमन गर्न उपग्रह प्रक्षेपण

  POSTED ON : Friday, 27 January, 2023 | Views : 442

जापानद्धारा उत्तर कोरियाको जासुसी र मौसम अनुगमन गर्न उपग्रह प्रक्षेपण


टोकियो, जापान ।

जापानले बिहीबार सफलतापूर्वक प्राकृतिक प्रकोपमा अपनाइने प्रतिक्रिया सुधार गर्न र उत्तर कोरियाली सैन्य केन्द्रहरुमा भएका घटनाक्रमहरूको निगरानी गर्न सरकारी गुप्तचर भेला गर्ने राडार उपग्रह बोकेको रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

मित्सुविसि हेभी ईन्डस्ट्रिज लिमिटेडद्वारा संचालित नं.४६ एचटुए रकेट खराब मौसमका कारण एक दिन ढिलाइपछि खागोशिमाको दक्षिणपश्चिमी प्रान्तको तानेगाशिमा स्पेस सेन्टरबाट बिहान १० बजेर ५० मिनेटमा प्रक्षेपण गरिएको हो । उपग्रह आफ्नो योजनाबद्ध कक्षमा प्रवेश गरेको मित्सुबिशी हेभीले बताएको छ ।

राडार स्याटेलाइटले राती जमिनमा तस्बिरहरू खिच्न सक्छ, साथसाथै कहिलेकाहीँ गम्भीर मौसमी अवस्थाहरू बारे समेत विवरण दिनसक्छ । क्याबिनेट स्याटेलाइट इन्टेलिजेन्स सेन्टरका अनुसार यसलाई प्राकृतिक प्रकोपको अवस्थामा डाटा रिले गर्न प्रयोग गर्न सकिन्छ ।

बिहीबारको एचटुए रकेट प्रक्षेपण २००५ मा नम्बर ७ एचटुए रकेट पछि लगातार ४० औं सफल रकेट प्रक्षेपण थियो ।

नवीनतम राडार उपग्रह विकास गर्न ५१ अर्ब २० करोड येन लागत र ११ अर्ब ४० करोड येन प्रक्षेपण खर्च लागेको क्याबिनेट स्याटेलाइट इन्टेलिजेन्स सेन्टरले जनाएको छ ।

तरल इन्धन एचटुए रकेटको लम्बाइ ५३ मिटर छ र यसको व्यास ४ मिटर छ ।

फेब्रुवरी १३ मा मित्सुविसि हेभिले पहिलो पटक आफ्नो नयाँ फ्ल्यागशिप एच३ रकेट, जापान एयरस्पेस एक्सप्लोरेसन एजेन्सीसँग संयुक्त रूपमा विकसित गरेको थियो । एच३ रकेट एचटुएको नयाँ विकसित रेकट हो ।