टोकियो, जापान ।
जापानमा उड्ने बाइकलाई व्यवहारिक प्रयोगमा ल्याउन तीव्र प्रयास भइरहेको छ । उद्धार कार्य र विपद् प्रभावित क्षेत्रमा आवश्यक वस्तुको आपूर्तिका लागि प्रयोग गर्ने अपेक्षासहित उड्ने बाइकलाई व्यवहारिक प्रयोगमा ल्याउने प्रयास जारी छ । यद्यपि, यसका केही प्राविधिक र कानूनी चुनौतीहरु भने छन् ।
टोकियो स्थित स्टार्ट अप कम्पनी ए.एल.आई. टेक्नोलोजिज इंकले बनाएको सुरिस्मो होभरबाइकको पहिलो थान २०२२ को डिसेम्बरमा डेलिभर गरिएको छ । स्टार वार्स फिल्मबाट प्रेरित भएर कम्पनीले ६ ओटा प्रोपेलरको प्रयोग गरेर जमिनबाट करीब ३ मिटरको उचाईम उड्न सक्ने होभरबाइक बनाएको छ । यो बाइक प्रति घन्टा ८० देखि सय किमिको गतिमा उड्छ ।
सन् २०२१ को अक्टोबरमा कम्पनीले ७ करोड ७७ लाख येन मूल्यमा २०० थानको सिमित संख्या होभरबाइक सब्सक्रिप्शनका आधारमा बेच्न शुरु गरेको थियो ।
सन् २०२२ को मार्चमा सुरिस्मो होभरबाइकले जापानी पेशागत बेसबल टिम होक्काइदो निप्पोन–हाम फाइटर्सका म्यानेजर सुयोशी शिन्जोले एउटा समारोहमा सुरिस्मो होभरबाइक चढेपछि यो बाइकमा धेरैको ध्यान गएको छ ।