(Japan) 5 th June | 2023 | Monday | 2:34:27 AM || (Nepal) 11:19:27 PM
 
 

अब हात धुनेमात्र हैन स्मार्टफोन धुने वेशिन पनि आयो

  POSTED ON : Monday, 09 January, 2023 | Views : 664

अब हात धुनेमात्र हैन स्मार्टफोन धुने वेशिन पनि आयो


टोकियो, जापान ।

जापानका केही सार्वजनिक शौचालयमा छिर्दा तपाईलाई भविष्यमा पुगेको जस्तै महसुस हुन्छ । हाई–टेक शौचालय, आरामदायक ‘वाटरस्केप’ अनि शरीरको थकानको स्तर मापन गर्ने साधन समेत भएका वेशिन ।

अब भने अर्को अजिबको फिचरले तपाईको ध्यान खिच्नेछ, त्यो हो शौचालयका हात धनुे बेशिनमा स्मार्टफोन धुने ठाउँ । यो दुइ चरणको स्मार्टफोन र हात सफा गर्ने सिष्टमले तपाईले आफ्नो हात धोइरहेकै समयमा स्मार्टफोन पनि सफा गर्न सक्नु हुनेछ । आफ्नो किटाणुरहित हातले सफा जीवाणुरहित स्मार्टफोन समाउन सक्नु हुनेछ ।

म्याकडोनल्ड जापानको सार्वजनिक शौचालयका हात धुने बेशिनको ट्विटर प्रयोगकर्ता शो स्वादाले ट्विटरमा एउटा भिडियो शेयर गरेका छन् । यूभी लाइटले स्मार्टफोन सफा गर्न ३० सेकेन्ड जति लाग्छ । यो बेशिन जापानी कम्पनी वोताले बनाएको हो । यो बेशिनलाई शौचालयभित्र वा स्नान घरमा मात्रै नभएर घरबाहिर पनि जडान गर्न सकिने कम्पनीले बताएको छ ।

जापानभर कयौं कम्पनीले वोताको यो बेशिन प्रयोग गर्ने चासो देखाइरहेका छन् । म्याकडोनल्ड्जले साइतामा प्रिफेक्चरको उरावा मिसोनोमा भर्खरै खोलिएको आफ्नो शाखामा यो वेशिनको प्रयोग गरेको छ । तपाई पनि जाने होइन त यो वेशिनले कसरी काम गर्छ भनेर हेर्न ?