(Japan) 10 th December | 2023 | Sunday | 8:18:17 PM || (Nepal) 5:03:17 PM
 
 


जापान साइबर सुरक्षा बढाउँदै : आइबर आक्रमण रोक्न नयाँ रक्षा निकायनै बनाउँदै

  POSTED ON : Friday, 25 November, 2022 | Views : 1060

जापान साइबर सुरक्षा बढाउँदै : आइबर आक्रमण रोक्न नयाँ रक्षा निकायनै बनाउँदै


टोकियो, जापान ।

जापानले साइबर आक्रमणविरुद्ध आफ्नो देशको लडाई बलियो पार्न नयाँ संगठन खडा गर्नेबारे विचार गरिरहेको छ । सरकारी स्रोतहरुले बुधवार बताएको भन्दै स्थानीय सञ्चार माध्यमहरुले समाचार छापेका छन् । नयाँ निकायले रक्षा र प्रहरी बलको साइबर आक्रमण हेर्ने एकाईको नेतृत्व गर्ने बताइएको छ ।

सरकारले आर्थिक वर्ष २०२४ मा परिकल्पना गरिएको निकायलाई समेट्ने गरी नयाँ सुरक्षा बजेट ल्याउन खोजिरहेको छ । यो निकायले दूघर्टनाको तयारी र साइबर सुरक्षा रणनीतिका लागि राष्ट्रिय केन्द्र ९एनआर्ईएससी०को भूमिका विस्तार गर्ने बताइएको छ । संगठनका प्रमुखले अमेरिकी र यूरोपेली साइबर सुरक्षा संगठनका प्रमुखहरुसँग मिलेर काम जापानको साइबर आक्रमण प्रतिक्रिया बलियो बनाउन काम गर्ने छन् ।

पछिल्लो समय उत्तर कोरियाको मिसाइल आक्रमण बढेको छ । यो योजनाले एकीकृत रक्षा बणउन र खन्डीकरण रोक्नेबारे बुझेको देखाएको छ । सरकारले यसका लागि आवश्इक विधेयक आगामी शिशिरमा संसदनमा पेश गर्ने विचार गरिरहेको छ ।

यो संगठनलाई सरकारले साइबर आक्रमण हुनु भन्दा अगाडि नै रोक्न सक्रिय साइबर रक्षाको ताकत दिन खोजेको छ । संविधानले सुनिश्चित गरेको सञ्चार गोपनियताको उल्लंघन गर्न सक्ने भएकोले यो कानूनले अवरोधहरुको सामना गर्न सक्ने विश्लेषण गरिएको छ ।

सम्बन्धित सामग्री: