(Japan) 30 th November | 2022 | Wednesday | 1:55:45 PM || (Nepal) 10:40:45 AM
 
 

जापानी प्रबिधी ! अब मिसुबिसीको एसिले मान्छेको मूड थाहा पाउने

  POSTED ON : Saturday, 05 November, 2022 | Views : 612

जापानी प्रबिधी ! अब मिसुबिसीको एसिले मान्छेको मूड थाहा पाउने


टोकियो, जापान ।

जापानी विद्युतीय उपकरण निर्माता कम्पनी मिसुबिसी इलेक्ट्रिक कर्पोरेशनले प्रयोगकर्ताको मूड थाहा पाउने एसी ल्याउँदैछ ।

कम्पनीका अनुसार यो एसीले कोठामा बस्ने व्यक्तिको नाडीको चाल महसुस गरेर उनीहरुको मूडका आधारमा तापमान समायोजन गर्न सक्ने कम्पनीले बताएको छ ।

मिसुबिसीको किरिगामिन लाइनको होम एयर कन्डिशनर फेब्रुअरी २०२३ मा सार्वजनिक गर्दैछ । कर समेत सो एसीको मूल्य ३ लाख ५ हजार ८०० देखि ४ लाख ९२ हजार ८०० येन पर्ने बताइएको छ ।

सो एसीमा कोठामा भएका व्यक्तिको नाडीको चाल मापन गर्न सुस्त रेडियो तरङ्गको प्रयोग गर्छ । यसले व्यक्तिको मनोभाव ‘आराम’ वा ‘चिन्ता’ आदि कस्तो खालको छ भन्ने अनुमान गरेर सोही अनुरुप स्वचालित रुपमा तापक्रम र एयर भोलुम समायोजन गर्छ ।

यसमा स्टे–अलर्ट मोड पनि छ । प्रयोगकर्ताको ध्यान हराएको समयमा यसले एकाग्रता प्राप्तिमा मद्दत गर्न चिसो हावा पनि फ्याक्छ । एसीको ६ मिटर आसपास भएका व्यक्तिका लागि यो प्रविधिले काम गर्ने कम्पनीले बताएको छ । कोठामा धेरैजना छन् भने समग्रमा मूड कस्तो छ सोही अनुरुप तापमान समायोजन हुने बताइएको छ ।