(Japan) 30 th November | 2022 | Wednesday | 1:46:39 PM || (Nepal) 10:31:39 AM
 
 

एमआरआर ग्रुपलाई फेसबुकले निष्कृय बनायो

  POSTED ON : Sunday, 30 October, 2022 | Views : 836

एमआरआर ग्रुपलाई फेसबुकले निष्कृय बनायो


काठमाडौं, नेपाल ।

नेपालमा चर्चित रहेको फेसबुक ग्रुप मेन्स रुम रिलोडेड ९एमआरआर०लाई फेसबुकले निष्कृय बनाएको छ ।

फेसबुकको मेटा कम्पनीले कम्युनिटी गाइडलाइन भायलेन्स गरेको आरोपमा एमआरआरलाई निष्कृय बनाएको हो । ग्रुपलाई निष्कृय गरेको भएपनि कुन पोष्ट वा कमेन्टले गर्दा निस्कृय बनाइएको हो भनेर देखाउनुपर्नेमा त्यसमा कुनै त्यस्तो पोष्ट नदेखाएको एमआरआरले जनाएको छ ।

एमआरआरका अनुसार यसअघि पनि ग्रुप २०२० मा कारबाहीमा परेको थियो । ‘त्यसपछि हामीले यस पटक त्यस्ता विषयमा निकै निगरानी गरिराखेका थियौं र ग्रुप निस्किृय हुने कुनै पनि त्यस्ता पोष्टहरु ग्रुपमा छैनन्।’एमआरआरले भनेको छ ।

पटक पटक फेसबुकको एआईद्वारा कारबाहीमा पर्नु र गरिएको रिभ्यु रिक्वेस्ट फेसबुकबाट बेवास्ता गरिनु निकै दुस्खद कुरा भएको बताएको छ । एमआरआरले भनेको छ,‘अहिलेलाई हामीले रिभ्यु रिक्वेस्ट गरेका छौं। आशा छ हाम्रो ग्रुप छिट्टै फिर्ता हुनेछ।’

निर्वाचन नजिकिएसँगै उक्त ग्रुपमाथि निगरानी बढाएको थियो ।