(Japan) 30 th November | 2022 | Wednesday | 1:56:15 PM || (Nepal) 10:41:15 AM
 
 

जापानमा विद्यालय जान अस्वीकार गर्ने बालबालिकाको संख्या २५ प्रतिशतले बढ्यो

  POSTED ON : Saturday, 29 October, 2022 | Views : 624

जापानमा विद्यालय जान अस्वीकार गर्ने बालबालिकाको संख्या २५ प्रतिशतले बढ्यो


टोकियो, जापान ।

जापानमा गत मार्चमा समाप्त भएको आर्थिक वर्ष २०२१ मा कम्तिमा ३० दिनसम्म विद्यालय जान अस्वीकार गर्ने प्राथमिक र जुनियर हाई स्कूलका विद्यार्थीहरूको सङ्ख्या ४८,८१३ ले बढेको छ ।

जुन अघिल्लो बर्षको तुलनामा २४.९ प्रतिशतले बढेको सरकारी तथ्यांकमा उल्लेख छ ।

रेकर्ड अनुसार विद्यालय जान अस्वीकार गर्ने बालबालिकाको सङ्ख्या २,४४,९४० पुगेको शिक्षा मन्त्रालयको सर्वेक्षणले देखाएको छ । यो लगातार नवौं बर्ष विद्यालय जान अस्वीकार गर्ने बालबालिकाको संख्या बृद्धि हो ।

मन्त्रालयले अनुपस्थित हुनेहरूको संख्यामा तीव्र वृद्धिलाई बालबालिकाको अशान्त जीवन शैली र कोरोना भाइरस महामारीको बीचमा विद्यालय छुटाउन कम अनिच्छा, साथै प्रतिबन्धित विद्यालय गतिविधिहरूको कारण विद्यार्थीहरू बीच कम सञ्चार अवसरहरूका कारण हुन सक्ने बताएको छ ।