(Japan) 10 th August | 2022 | Wednesday | 8:23:04 PM || (Nepal) 5:08:04 PM
 
 

जापानमा अध्ययनरत यि दुई नेपालीको सहयोगमा नेपाल आफ्नै भूउपग्रह प्रक्षेपण गर्दै

  POSTED ON : Wednesday, 02 January, 2019 | Views : 3813

जापानमा अध्ययनरत यि दुई नेपालीको सहयोगमा नेपाल आफ्नै भूउपग्रह प्रक्षेपण गर्दै


टोकियो । 

नेपालले जापानको विश्व विद्यालयमा अध्ययनरत दुई नेपालीको सहयोगमा पहिलो पटक भू-उपग्रह प्रक्षेपण गर्ने भएको छ ।

नेपालले आगामी वैशाखमा आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधि शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा नेपालले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरेको हो ।

समाचार अनुसार बड् थ्री’ नामक भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले पुष्टि गर्नुभएको छ ।

सरकारले जापान सरकारको सहुलियत मूल्यमा तीनवटा भूउपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि उक्त रकम पठाएको हो । आगामी वैशाखसम्ममा भू उपग्रह प्रक्षेपणको तयारी भइरहेको ढकालले जानकारी दिनुभयो ।

वैशाखदेखि प्रक्षेपण हुने उक्त भू९उपग्रहबाट दैनिक नेपालको फोटो देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना प्रवाह गर्नेछ । सङ्काय प्रमुख ढकालले भन्नुभयो, ‘२०७६ सालको शुरुआतसँगै नाष्टका वैज्ञानिक र विज्ञान तथा प्रविधिमन्त्री जापान पुगेर भू–उपग्रह प्रक्षेपण गर्ने कार्यक्रम छ ।’

प्रक्षेपणपछि नेपालको आफ्नै भू-उपग्रह नहुँदा अन्य मुलुकसँग ठूलो रकम खर्चेर सूचना तथा जानकारी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ । नेपालले भाडाका भू-उपग्रहबाट सूचना तथा जानकारी लिँदैआएको छ ।

सफल प्रक्षेपणपछि नेपालका इञ्जिनीयर अन्य मुलुकभन्दा कम छैनन् भन्ने प्रमाणित पनि हुनेछ । उक्त भू९उपग्रहले नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म तस्वीर अभिलेखीकरण गर्नेछ । प्राप्त हुने तस्वीर र सूचनालाई नाष्टले आफ्नै कार्यालयको ‘ग्राउन्ड स्टेशन’मा भण्डारण गर्नेछ ।