(Japan) 20 th April | 2024 | Saturday | 1:50:59 PM || (Nepal) 10:35:59 AM
 
 


एनटिटी डोकोमो सेवा पूर्वी जापानका केही भागहरूमा अवरुद्ध

  POSTED ON : Thursday, 22 September, 2022 | Views : 1444

एनटिटी डोकोमो सेवा पूर्वी जापानका केही भागहरूमा अवरुद्ध


टोकियो, जापान ।

जापानको अग्रणी मोवाइल सेवा प्रदायक संस्था एनटिटी डोकोमोले सेप्टेम्बर २२ तारिख दिउँसो पूर्वी जापानमा धेरै स्थानमा सेवा अवरुद्ध हुन पुगेको जनाएको छ ।

पूर्वी जापानका प्रयोगकर्ताहरूले मोबाइल फोनको इन्टरनेट संचार प्रयोगमा समस्या देखिएको बताएको कम्पनीले जनाएको छ ।

समस्याको कारण पत्ता लाग्न नसकेको र कम्पनी यसलाई पुनर्स्थापित गर्न काम गरिरहेको बताइएको छ ।

एनटिटी डोकोमोले भनेको छ 'हाम्रा ग्राहकहरूलाई पर्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं । हामी तपाईंलाई पुन: सेवा पूर्नस्थापनाको सम्भावनाको बारेमा जानकारी दिनेछौं ।'

सम्बन्धित सामग्री: