(Japan) 30 th November | 2022 | Wednesday | 1:58:32 PM || (Nepal) 10:43:32 AM
 
 

फुकुओका निशिनिहोन विद्यालयका विद्यार्थीको अध्ययन सुनिश्चित गराउन एनआरएनए क्युसुको पहल

  POSTED ON : Friday, 16 September, 2022 | Views : 616

फुकुओका निशिनिहोन विद्यालयका विद्यार्थीको अध्ययन सुनिश्चित गराउन एनआरएनए क्युसुको पहल


फुकुओका जापान ।

करिव पाँच सय नेपाली विद्यार्थी अध्ययनरत जापानको फुकुओका शहरमा अवस्थित निशिनिहोन अन्तर्राष्ट्रिय शिक्षण संस्थानको अनुमति खारेज भएपछि समस्यामा परेका नेपाली विद्यार्थीको अध्ययन सुनिश्चित गराउन गैर आवासिय नेपाली संघ क्युसुले विशेष पहल थालेको छ ।

फुकुओका अध्यागमन सेवा एजेन्सीबाट उक्त विद्यालयको अनुमति रद्द गरिएसँगै विद्यार्थी र विद्यालयसँग सम्पर्क र छलफलमा रहेको एनआरएनए क्युसुले अध्यागमन अधिकारीहरुसँग पनि यसबारेमा छलफल अघि बढाएको छ ।

नेपाली विद्यार्थीहरुको चिन्ता एवं अन्योलतालाई समाधान प्रयास गर्दै सेप्टेम्बर १४ मा क्युसु एनआरएनएले उक्त शिक्षण संस्थानका प्रिन्सिपल लगायतसँग छलफल गर्नुका साथै भेटमा विद्यार्थीहरुमा पर्न गएको असरप्रति उनले क्षमाचाचना गरेको एनआरएनए क्युसुका संयोजक अर्जुन थापाले जानकारी दिनुभयो ।

आफुहरुसँगको छलफलमा विद्यालयका प्रिन्सिपलले अन्य कलेजमा ट्रान्सफर गर्न छिट्टै नै सहज बनाउने र सोही कलेजमा पढ्न चाहने तथा विविध कारणले ट्रान्सफर गर्न नसक्नेहरुलाई निरन्तर पढाउने जानकारी गराएको संयोजक थापाको भनाई छ । कलेजबाट ठोस निर्णय नआउन्जेल सम्म धैर्य धारण गरी बिद्यार्थीहरुलाई निरन्तर आफ्नो पढाइ अगाडी बढाउन थापाले अपिल गरेका छन ।

त्यस्तै, अध्यागमनका अधिकारीसंग विभिन्न चरणमा भएको कुराकानी अनुसार उक्त कलेज रद्द भए पनि हाल अध्ययनरत विद्यार्थीहरुलाई कुनै असर नपर्ने जानकारी प्राप्त भएकाले निर्धक्क भई आफ्नो अध्ययन जारी राख्न एनआरएनए क्युसुका संयोजक अर्जुन बगालेले अनुरोध गर्नुभयो ।

विद्यार्थी भाइबहिनीहरुलाई चिन्ता नगरी आफ्नो पढाइ अगाडी बढाउन अपिल सहित एनआरएनए क्युस्यु विद्यार्थीहरुको पक्षमा निरन्तर लागि रहनुका साथै, केही समस्या भए एनआरएनए क्युस्युमा सम्पर्कको लागि संयोकज अर्जुन बगालेले अनुरोध गर्नुभएको छ ।

एनआरएनए क्यसुद्धारा जारी प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति 

जापानको फुकुओका शहरमा अवस्थित निशिनिहोन अन्तर्राष्ट्रिय शिक्षण संस्थानलाई फुकुओका अध्यागमन सेवा एजेन्सीबाट रद्द गरिएको समाचार आए सँगै उक्त बिद्यालयमा अध्ययनरत झण्डै पाँच सयको हाराहारिमा रहेका नेपाली विद्यार्थी भाईबहिनीहरुमा चिन्ता एवं अन्योल सिर्जना भएको प्रति एनआरएनए क्युस्युको गम्भीर ध्यानाकर्षण भएको छ।

उक्त समाचार आए संगै गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमिति जिम्मेवार निकायहरु अध्यागमन सेवा एजेन्सी, उक्त शिक्षण संस्थान एवं अन्य सरकारी निकायसंग विभिन्न छलफल गर्दै आइरहेको कुरा अवगत गर्दछौं। हामीहरु संग 2022 सेप्टेम्बर 14 तारीख भएको बैठकमा उक्त शिक्षण संस्थानका प्रिन्सिपलले यस घट्नाबाट आम जनमासमा पर्न गएको असर प्रति क्षमायाचन गरेका छन्। उनले अन्य कलेजमा ट्रान्सफर गर्न छिट्टै नै सहज बनाउने र यही कलेजमा पढ़न चाहने तथा विविध कारणले कलेज ट्रान्सफर गर्न नसक्नेहरुलाई निरन्तर पढाउने जानकारी गराउनुको साथै कलेजबाट ठोस निर्णय नआउन्जेल सम्म धैर्य धारण गरी बिद्यार्थीहरुलाई निरन्तर आफ्नो पढाइ अगाडी बढाउन अपिल गरेका छन । 

त्यस्तै, अध्यागमनका अधिकारी संग विभिन्न चरणमा भएको कुराकानी अनुसार उक्त कलेज रद्द भए पनि हाल अध्ययनरत विद्यार्थी भाइबहिनीहरुलाइ कुनै असर नपर्ने जानकारी गराउदै निर्धक्क भई आफ्नो अध्ययन जारी राख्न अनुरोध गरेका छन ।  

तसर्थ, विद्यार्थी भाइबहिनीहरुलाई केही पनि चिन्ता नगरी आफ्नो पढाइ अगाडी बढाउन अपिल गर्दछौ। एनआरएनए क्युस्यु विद्यार्थी भाइबहिनीहरुको पक्षमा निरन्तर लागि रहने जानकारी गराउदछौ। साथै, केही समस्या भए एनआरएनए क्युस्युमा सम्पर्कको लागि अनुरोध गर्दछौ। 

यहाँहरुको उज्ज्वल भविष्यको कामना गर्दछौं ।