टोकियो, जापान ।
जापानमा अध्ययनरत तथा जापान अध्ययनका लागि आउन चाहने नेपाली विद्यार्थीहरुको लागि लक्षित गरेर यहि सेप्टेम्बर २३ तारिख विशेष अनलाइन सेमिनार आयोजना हुने भएको छ ।
जापानमा कहाँ, के विषय पढ्ने र कस्तो कलेज छान्ने विषय देखि छात्रबृत्ति पाउने पक्रिया, अध्ययन पश्चातको रोजगार र सम्भाव्य क्षेत्रहरुको बारेमा विस्तृत रुपमा छलफल गरिन लागिएको आयोजक संस्था मध्येको एक जनसहयोग जापानका प्रमुख राज पुरीले जानकारी दिनुभयो ।
अनलाइनमा जुम प्रविधि मार्फत हुने सेमिनारको जापानसमाचारडटकमको फेसबुक पेज सहित विभिन्न माध्यमबाट प्रत्यक्ष प्रशारण समेत हुने भएको छ । अनलाइन सेमिनारमा जापानबारे विशेष जानकार राख्नुहुने डा. भूपालमान श्रेष्ठ सहित राजन न्यौपाने, दिपक गौतम, राजन पन्त, धन आले लगायतले जापान अध्ययन अनुभव सहित रोजगारका क्षेत्र र पछिल्लो जापानको नियमहरुको बारेमा धारणा राख्नेछन् ।
सार्वजनिक बिदा रहेको शुक्रबार हुने कार्यक्रम जापानी समय अनुसार दिनको१ बजेदेखि ३ बजेसम्म हुनेछ । अनलाइन मार्फत हुने कार्यक्रम हेरेर प्रत्यक्ष प्रश्न सोध्ने व्यक्तिहरुको जिज्ञासाको समाधान प्रयास सहित अनलाइनमा प्रत्यक्ष सहभागीता समेत जनाउन सकिने कार्यक्रम संयोजन गरिरहनुभएका राज पुरीले जानकारी दिनुभयो ।
कार्यक्रम नेपाली जनप्रगतिशिल मञ्च जापान, नेपाल विद्यार्थी समाज जापान, सेन्दाई विद्यार्थी समुह र जनसहयोग जापानले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
अनलाईन सेमिनारमा निम्न विषयहरुमा छलफल र जानकारी उपलब्ध गराईने आयोजकले जनाएको छ ।
-कहाँ पढ्ने ? के बिषय पढ्ने ? कस्तो कलेज छान्ने ?
- visa लागि कुन कुन बिषय पढ्दा Working गर्न सहज हुन्छ ?
-大学や専門 छनोट तरिका , 日本語学校 सकेपछि 大学 जादा राम्रो कि 専門学校?
-हाम्रो हकमा कुन बिषय पढ्दा अर्थात् कुन क्षेत्रमा जादा काम गर्न सजिलो हुन्छ ?
-कुन कुन सेक्टरमा धेरै नेपालीहरु कार्यरत छन् ?
-कुन सेक्टरमा काम गर्दा करियर Develop हुन्छ ?
-जापानमा छात्रवृत्ती( Scholarship )को प्रक्रिया के के छन ?
-तोकुतेइ गिनोउ (特定技能)सम्बन्धि विविध परामर्श तथा जानकारी !