(Japan) 10 th August | 2022 | Wednesday | 7:40:50 PM || (Nepal) 4:25:50 PM
 
 

जापानको सडकमा खाना र पेय पदार्थ बेच्ने सेल्फ ड्राइभिङ कारको परीक्षण

prtimes   POSTED ON : Wednesday, 03 August, 2022 | Views : 578

जापानको सडकमा खाना र पेय पदार्थ बेच्ने सेल्फ ड्राइभिङ कारको परीक्षण


टोकियो, जापान ।

चालक बिनै र बेच्न कोही नबसीकनै स्वचालित रुपमा सडकमा गुड्दै खानेकुरा र पेय पदार्थ विक्रि गर्ने कारको जापानमा सफल परीक्षण गरिएको छ ।

टोकियो नजिकैको सडकमा खाना र पेय पदार्थ बेच्ने सेल्फ ड्राइभिङ कारको चेकजाँच अन्तर्गत परीक्षण गरिएको हो । मानवरहित सेवाले समुदायहरूलाई सुविधा प्रदान गर्ने विश्वास गरिएको छ । खुद्रा विक्रेताहरूलाई श्रम अभावको सामना गर्न मद्दत गराउने उदेश्य अनुरुप स्वचालित कार परीक्षण गरिएको यसका निर्माताले बताएका छन् ।

जापानी इलेक्ट्रोनिक्स फर्म क्योसेराको दूरसञ्चार सेवा सहायक कम्पनीले प्रमुख खुद्रा बिक्रेता एयोन र चिबा सहरसँग यस परियोजनाका लागि सहकार्य गरेको छ ।

यो गाडी कन्डोमिनियम भवन वा वृद्ध हेरचाह सुविधा जस्ता पूर्व निर्धारित रुपमा गाडीमा निश्चित गरिएको स्थानहरूमा जान्छ ।

ग्राहकहरूले टचस्क्रिनमा वस्तुहरू चयन गर्न सक्छन्, र बार कोडहरू प्रयोग गरेर तिनीहरूको स्मार्टफोनबाट सामानको लागि भुक्तानी गर्न सक्छन् ।

विकासकर्ताहरूका प्रवक्ता भन्छन् कि धेरै समुदायका मानिसहरूले किनमेल गर्न वा वस्तुहरू डेलिभर गर्न कठिनाइको सामना गरिरहँदा यो प्रविधि अत्यन्त उपयोगी हुनेछ ।

निर्माता कम्पनीले एकपटक मानव रहित खाना बिक्री गर्ने कारहरूको माग पुष्टि गरेपछि, आफुहरुले सेवा बढाउन थप विचारहरू ल्याउने बताएको छ ।