(Japan) 10 th August | 2022 | Wednesday | 8:04:51 PM || (Nepal) 4:49:51 PM
 
 

जापानभर २ हजार ८ सय शिक्षक अभाव

  POSTED ON : Wednesday, 03 August, 2022 | Views : 222

जापानभर २ हजार ८ सय शिक्षक अभाव


टोकियो, जापान ।

जापानका विद्यालयहरूमा 'शिक्षकको अभाव' एक आम समस्या हो । एनएचकेले गरेको अनुसन्धान अनुसार यो वर्षको मेसम्ममा जापानभरमा २,८०० शिक्षकको अभाव रहेको पाइएको छ ।

सोही मापदण्डका आधारमा सरकारले गरेको गत वर्षको सर्वेक्षणको नतिजाको तुलनामा यो ३६ प्रतिशतले बढेको छ र यो झन् गम्भीर बन्दै गएको छ ।

देशभर देखिएको शिक्षक अभावको समस्या बढ्दै जाँदा यसले बालबालिकाको सिकाइमा असर गरिरहेको एनएचकेले उल्लेख गरेको छ ।