(Japan) 10 th August | 2022 | Wednesday | 8:09:01 PM || (Nepal) 4:54:01 PM
 
 

जापानी भाषा वक्तृत्वकलामा सरिता प्रथम, स्वस्तिका दोस्रो बन्दा अनुजालाई तृतिय स्थान

  POSTED ON : Monday, 01 August, 2022 | Views : 968

जापानी भाषा वक्तृत्वकलामा सरिता प्रथम, स्वस्तिका दोस्रो बन्दा अनुजालाई तृतिय स्थान


टोकियो, जापान ।

नेपाली विद्यार्थी समाज जापान (नेसाज)ले आयोजना गरेको १० औं जापानी भाषा वक्तित्वकलाको उपाधि सरिता पुर्कुटीले जितेकी छिन् ।

जापानमा आयोजित १२ औं नेपाल फेस्टिवलको अवसर पारेर नाकानो स्थित फेस्टिवल स्थलबाट बिजेताको टुंगो लगाइएको हो । फाइनलमा पुगेका तीन प्रतिस्पर्धीले वक्तृत्वकला मार्फत प्रस्तुत गरेको क्षमताको आधारमा निर्णायकमा रहनुभएका नीसिकावा, रिसव र बिष्णुले बिजेताको छनौट गर्नुभएको हो ।

जसमा स्वस्तिका खड्का उपबिजेता बन्दा अनुजा श्रेष्ठ तृतिय बनेकी हुन् । बिजेता तथा उपबिजेता लगायत तीनै जनालाई ट्रफि, सम्मान पत्र सहित नगद उपहार प्रदान गरिएको थियो ।

नेसाजका अध्यक्ष अजय राना, गैर आवासिय नेपाली संघ जापानका अध्यक्ष शिव प्रसाद पौडेल, आईएचएनकोका प्रमुख हिरोयुकी हिनोले बिजेताहरुलाई सम्मान सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।