(Japan) 10 th August | 2022 | Wednesday | 9:09:19 PM || (Nepal) 5:54:19 PM
 
 

माङ्गामुरा सञ्चालकमाथि १ अर्ब ९० करोड येन क्षतिपूर्ति माग्दै मुद्दा

  POSTED ON : Friday, 29 July, 2022 | Views : 402

माङ्गामुरा सञ्चालकमाथि १ अर्ब ९० करोड येन क्षतिपूर्ति माग्दै मुद्दा


टोकियो, जापान ।

जापानका तीन प्रमुख प्रकाशकहरुले अहिले बन्द भइसकेको पाइरेट वेबसाइट माङ्गामुराका सञ्चालकविरुद्ध १ अर्ब ९३ करोड येन क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेका छन् । टोकियो जिल्ला अदालतमा कादोकावा कर्पोरेशन, शुइशा इंक र शोगाकुकान इंकले सो मुद्दा हालेका हुन् ।

मांगामुरा जापानको सबैभनदा ठूलो पाइरेट वेबसाइटमध्ये पर्दछ । यो मांगामुरा विरुद्ध दायर भएको पहिलो मुद्दा हो । प्रतिलिपि कानून मिचेको र अन्य अभियोगमा मांगामुराका पूर्व सञ्चालकलाई यस अघि नै तीन वर्षको जेल सजाय र १ करोड येन जरिवाना र नक्कल गरेको अभियोगमा ६ करोड २५ लाख ७० हजार येन तिर्न आदेश दिइएको छ । पछिल्लो मुद्दामा १७ ओटा चर्चिच मांगा टाइटल समावेश गरिएको छ ।

सन् २०१७ को जुन देखि सन् २०१८ को अप्रिलको बीचमा वेबसाइटमा झन्डै ५० करोड भिजिट भएको दाबी प्रकाशकहरुको छ ।

अहिले पनि जापानमा १ हजार ओटा यस्ता गैरकानूनी वेबसाइट रहेको र यसबाट सन् २०२१ मा मात्रै झन्डै १० खर्ब येन बराबरको क्षति भएको पाइरेसी विरोधी संस्था एबीजेडले बताएको छ ।