टोकियो, जापान ।
जापानमा रहेका नेपाली विद्यार्थीहरुको साझा संस्था नेपाली बिद्यार्थी समाज जापान (नेसाज) ले आइएचएनको छात्रवृत्ति लगायत विभिन्न पुरस्कार सहित आयोजना गर्न लागेको नेपाली बिद्यार्थीहरु बिच जापानिज भाषा वक्तृत्वकला प्रतियोगिताको उत्कृष्ठ १० मा पर्न सफल व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ ।
जापानी भाषा वक्तृत्वकला प्रतियोगितामा पर्न सफल नामावली अनुसार नविन न्यूरे, दिपेन्द्र कुँवर, ओम प्रकास न्यौपाने, स्वस्तिका खड्का, सरिता पुर्कोटी, सुरक्षा लामिछाने, राज बिजेता, निलक बुढाथोकी, अनुजा श्रेष्ठ र आदित्य नारायण विश्वकर्मा रहनुभएको छ ।
अब दोस्रो चरणको प्रतियोगिता यही जुलाईको १० तारिख जूम मार्फत गराइने भएको छ । अन्तिम प्रतियोगिता जुन ३१ गते टोकियोको नाकानो पार्कमा नेपाली फेस्टिवलको अवसर पारेर गराइने भएको छ । कार्यक्रमलाई आइएचएनओको सहयोग रहेको छ भने मुख्य प्रायोजकको रुपमा एनआरएनए जापान रहेको छ ।