(Japan) 10 th August | 2022 | Wednesday | 7:36:02 PM || (Nepal) 4:21:02 PM
 
 

जासाको अन्तरिक्षयात्री भर्ना प्रारम्भिक परीक्षामा २०५ जना उत्तिर्ण

  POSTED ON : Thursday, 30 June, 2022 | Views : 342

जासाको अन्तरिक्षयात्री भर्ना प्रारम्भिक परीक्षामा २०५ जना उत्तिर्ण


टोकियो, जापान ।

जापानको अन्तरिक्ष एजेन्सीले हालै अन्तरिक्षयात्री भर्नाका लागि लिएको परीक्षामा २०५ जना उत्तिर्ण भएका छन् ।

जापान अन्तरिक्ष अन्वेषण एजेन्सी (जासा)ले अन्तरराष्ट्रिय चन्द्र अन्वेषण परियोजनामा सहभागी गराउन नयाँ अन्तरिक्षयात्री भर्ना गर्न खोजिरहेको छ । जासाले १३ वर्षयता पहिलो पटक गर्न लागेको यो भर्नामा ४ हजार १२७ जनाले आवेदन दिएका थिए ।

अंग्रेजी, विज्ञान र निबन्ध लेखनमा अनलाइनबाट लिइएको परीाक्षामा २ हजार २२६ जना आवेदक उत्तिर्ण भएका थिए । यसमध्ये १८८ जना पुरुष र १७ महिलाले प्रारम्भिक परीक्षा उत्तिर्ण गरेको मंगलबार जासाले बताएको हो । उत्तिर्ण भएकामध्ये ६१ जनाको उमेर ३० भन्दा कम रहेको छ । १०७ जना ३० देखि ३९ वर्षबीचका छन् ।

४० देखि ४९ वर्षबीचका ३१ जना छन् । ६ जनाको उमेर भने ५० देखि ५९ वर्ष भएको बताइएको छ । आवेदकहरुको क्षमता र अन्तरिक्षयान सञ्चालनमा उनीहरुको उपयुक्तता हेर्न जासाले थप तीन चरणमा परीक्षा लिने योजना बनाएको छ । सफल उमेदवारको चयन आगामी वर्षको फेब्रुअरीमा गरिनेछ ।