(Japan) 10 th August | 2022 | Wednesday | 8:16:32 PM || (Nepal) 5:01:32 PM
 
 

नेपालमा अध्ययनरत १ हजार आईटी ईन्जिनियरलाई जापानमा रोजगार, बार्षिक कमाई २७ लाख

  POSTED ON : Sunday, 02 December, 2018 | Views : 6054

नेपालमा अध्ययनरत १ हजार आईटी ईन्जिनियरलाई जापानमा रोजगार, बार्षिक कमाई २७ लाख


टोकियो ।

नेपालका ईन्जिनियररिगं क्याम्पसमा अध्ययनरत १ हजार नेपाली विद्यार्थीहरुले जापान आएर जापानी कम्पनीमा काम गर्ने अवसर पाउने भएका छन् ।

नेपाली आईटी ईन्जिनियरहरुलाई विद्यावारिधीसँगै जापान काम गर्ने अवसर दिने विषयमा सम्झौता भएपछि नेपालमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई एउटा अवसरको ढोका खुलेको हो ।

प्राप्त जानकारी अनुसार जापानस्थित ह्युमन रिसोर्सिया कम्पनी लिमिटेडले त्यसका लागि नेपालका तीन वटा ईन्जिनियरिङको पढाई हुने कलेजहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

ईन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, नेम कलेज काठमाडौं नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायणसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

जापानी कम्पनीका उपाध्यक्ष नाओकी इरेले नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरमा हालै समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालका तीनओटा कलेजसँग समझदारी भएको जनाउँदै उपाध्यक्ष इरेलले सन् २०२१ को मार्चसम्ममा एक हजार नेपाली आईटी ईन्जिनियरलाई रोजगारी दिने योजना रहेको बताएका छन् ।

नेपालका कलेजबाट पहिलो चरणमा ५० आईटी ईन्जिनियरहरुलाई रोजगारी दिने योजना रहेको बताउँदै उहाँले सुरुवाती वर्षको तलब २७ लाख नेपाली हुने बताए ।

जापानमा ल्याउनुअघि नेपाली विद्यार्थीलाई कलेजमै निशुल्क भाषा तालिम दिने व्यवस्था पनि मिलाइएको बताईएको छ ।