(Japan) 3 rd July | 2022 | Sunday | 4:56:08 AM || (Nepal) 1:41:08 AM
 
 

जापानले विदेशी विद्यार्थीको संख्या ३ लाखमा पुर्‍याउने

  POSTED ON : Friday, 24 June, 2022 | Views : 884

जापानले विदेशी विद्यार्थीको संख्या ३ लाखमा पुर्‍याउने


टोकियो, जापान ।

जापानले विदेशी विद्यार्थीको संख्या बढाउन थप प्रयास गर्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको सीमा आरपार अध्ययनलाई ब्यूताउँन शिक्षा मन्त्रालयले थप विदेशी विद्यार्थी भित्रयाउने र जापानबाट विदेशमा पढ्नका लागि विद्यार्थी पठाउन प्रयास बढाउने भएको छ ।

सन् २०२७ सम्ममा सीमा आरपार अध्ययनलाई कोरोना भाइरसको महामारी पूर्वको स्तरमा फर्काउन मन्त्रालयको लक्ष्य छ । कोरोना भाइरसको महामारीका कारण सीमामा नियन्त्रण कसिलो बनाइँदा जापानमा विदेशी विद्यार्थीको आगमन प्रभावित भएको थियो ।

जापान आउने सपना तुहिएपछि कयौं विद्यार्थी पढ्नका लागि अन्य देश गएका थिए । अब भने शिक्षा मन्त्रालयले विदेशी विद्यार्थीको संख्या सन् २०२७ सम्ममा ३ लाखमा पुर्याउन खोजेको छ ।

कोरोना भाइरसको महामारी र संक्रमण फैलिन नदिन अपनाइएको सीमा नियन्त्रणका कारण सन् २०२१ मा जापानमा विदेशी विद्यार्थी घटेर २ लाख ४० हजारमा आएका थिए छन् ।

जापानबाट अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्यामा झनै उच्च कमी आएको छ । सन् २०१९ मा करीब १ लाख ७ हजार जापानीहरु विदेश अध्ययनका लागि गएकोमा सन् २०२० मा यो घटेर १ हजार ४०० मा आएको थियो ।