टोकियो, जापान ।
जापानमा करीब २० हजार विदेशी बासिन्दाको उच्चतम् शिक्षा प्राथमिक विद्यालयको पढाई भएको पाइएको छ । जनगणनाको नतिजाले यस्तो देखाएको हो ।
पछिल्लो नतिजालाई देखेर सरकारले निम्न माध्यमिक रात्रीकालीन विद्यालयहरुलाई काम गर्दै पढ्न चाहने विदेशी बासिन्दाहरुलाई पढ्ने अवसर सृजना गर्ने प्रयास बढाउन प्रोत्साहित गर्ने भएको छ ।
सन् २०२० को जनगणनामा हासिल भएको सबैभन्दा उच्च शिक्षामा पहिलो पटक प्राथमिक विद्यालयको श्रेणी समावेश गरिएको थियो । गत महीना सार्वजनिक भएको सर्वेक्षणको नतिजाअनुसार सन् २०२० को अक्टोबरसम्ममा देशभरमा प्राथमिक तह भन्दा बढीको शिक्षा नलिएको मानिसको संख्या ८ लाख ४ हजार २९३ रहेको छ ।
उमेरका आधारमा ८० देखि ८९ वर्षबीचको अनुपात कूलमध्ये ९० प्रतिशत छ । दोस्रो विश्व युद्धताकाको शिक्षा प्रणाली र अव्यवस्थाका कारण यस्तो भएको हुन सक्ने बताइएको छ।
सोही शैक्षिक पृष्ठभूमि भएका विदेशी बािसन्दाको संख्या कूलमध्ये २ दशमलव ५ प्रतिशत छ । अर्थात् १९ हजार ७३१ जनाको उच्च शिक्षा प्राथमिक तह रहेको छ । ५० वा सो भन्दा कम उमेर समूहमा चाँहि हरेक उमेर समूहमा प्राथमिक तहसम्म मात्रै पढ्ने जापानी भन्दा विदेशी बासिन्दाको संख्या धेरै छ । यसले जापानमा कयौं विदेशीहरु पर्याप्त शिक्षा नै नभइकन बसोबास गरिरहेको अनि काम गरिरहेको देखाएको छ ।
...
Photo Source : jnpoc