(Japan) 3 rd July | 2022 | Sunday | 4:47:03 AM || (Nepal) 1:32:03 AM
 
 

दक्षिण कोरिया सफलतापूर्वक अन्तरिक्ष कक्षमा उपग्रह राख्ने सातौं देश बन्यो

  POSTED ON : Wednesday, 22 June, 2022 | Views : 124

दक्षिण कोरिया सफलतापूर्वक अन्तरिक्ष कक्षमा उपग्रह राख्ने सातौं देश बन्यो


एजेन्सी ।

दक्षिण कोरियाले मंगलबार सफलतापूर्वक घरेलु रूपमा विकसित रकेट प्रक्षेपण गरेको छ र उपग्रहको कक्षमा यसलाई राख्न सफल भएको छ ।

अन्तरिक्ष कक्षमा उपग्रह राख्न सफल भएसँगै दक्षिण कोरिया त्यसो गर्ने विश्वको सातौं देश बनेको छ ।

नयाँ राष्ट्रपति चयन भएको तीन सातापछि नै आफ्नो अन्तरिक्ष कार्यक्रमको भविष्यको विकासको लागि दक्षिण कोरियाले ढोका खोलेको हो ।

देशको अघिल्लो प्रयास अक्टोबरमा असफल भएपछि नयाँ प्रक्षेपण गरिएको हो । यसले आफ्नो पहिलो स्वदेशी रकेट प्रक्षेपण गरेपनि यसअघि रकेटबाट अलग भएपछि योजना अनुसार एउटा डमी उपग्रह अन्तरिक्ष कक्षमा गएको थिएन ।

मंगलबार, २०० टन तरल इन्धन रकेट नुरी कोरियाली प्रायद्वीपको दक्षिणी छेउमा रहेको काउन्टी गोहेउङको नारो स्पेस सेन्टरबाट अपराह्न ४ बजे प्रक्षेपाण गरिएको थियो । ७०० किलोमिटरको लक्ष्य उचाइमा पुगेपछि, यसले १६२.५ किलोग्राम कार्यसम्पादन प्रमाणीकरण उपग्रह र १.३ टन डमी उपग्रह छोडेको विज्ञान मन्त्रालयले बताएको छ ।

'हाम्रो मातृभूमिबाट ब्रह्माण्डको बाटो अब खुलेको छ' दक्षिण कोरियाका राष्ट्रपति युन सुक(योलले आफ्नो चुनावी अभियानमा वाचा गरे अनुसार नयाँ सरकारी संस्था स्थापना गरेर भविष्यको अन्तरिक्ष विकास कार्यक्रमहरूको लागि आफ्नो प्रशासनको पूर्ण समर्थन गर्ने वाचा गरेका थिए ।

अमेरिका, रुस, फ्रान्स, चीन, जापान र भारतलाई समेटेर १ टन वा त्योभन्दा धेरै तौलको भूउपग्रहलाई अन्तरिक्ष कक्षमा प्रक्षेपण गर्ने क्षमता भएको दक्षिण कोरिया अहिले विश्वको सातौं देश बनेको छ ।

दक्षिण कोरियाली विज्ञान मन्त्री ली जोङ होले सरकारले सन् २०२७ सम्ममा चारवटा थप प्रक्षेपण मार्फत प्राविधिक विश्वसनीयता र स्थिरतामा सुधार गर्ने योजना रहेको बताएका छन् ।

मंगलबारको प्रक्षेपण प्राविधिक समस्याका कारण गत सातादेखि स्थगित भएको थियो ।