टोकियो, जापान ।
टोकियो नजिकैको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा भीडभाडको समस्या समाधान गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जडान गरिएका रोबोटलाई काममा लगाइएको छ ।
सानो गाडीको आकारको यो रोबोटको उचाइ करिब १.२ मिटर छ र यसको एआई प्रविधिले क्यामेराबाट खिचिएका तस्बिरहरू तुरुन्तै विश्लेषण गर्न सक्छ ।
रोबोटले कहाँ र कसरी भीड जम्मा भएको छ भनेर छिट्टै पत्ता लगाउन सक्छ । रुट अवरुद्ध हुने लामो लाम भेटिएलगत्तै यथाशीघ्र कायम गर्न निर्देशन दिइएको छ ।
यो रोबोटले शंकास्पद वस्तुमा पनि नजर राख्छ । कुनै वस्तु लामो समयसम्म ध्यान नदिइएमा यसले कमाण्ड सेन्टरलाई जानकारी गराउँछ ।
नारिता अन्तर्राष्ट्रिय विमानस्थलका योगाशी आकिरा भन्छन्, ‘हामी विश्वकै उच्च सुरक्षासहितको सुरक्षित र स्थिर वातावरण उपलब्ध गराउन प्रयासरत छौं ।
गत वर्ष टोकियोमा भएको ओलम्पिक र पाराओलम्पिक खेलअघि विमानस्थलमा सुरक्षा सुधार गर्न क्यामेरा सहित पाँचवटा रोबोट तैनाथ गरिएको थियो तर भीड व्यवस्थापनमा सहयोग गर्ने एआई प्रविधिसहितको रोबोट तैनाथ गरिएको यो पहिलो पटक हो ।