(Japan) 3 rd July | 2022 | Sunday | 5:08:29 AM || (Nepal) 1:53:29 AM
 
 

जुनतेन्दो विश्वविद्यालयलाई प्रवेश परीक्षमा फेल गराएकालाई ३ देखि ९ लाख येन क्षतिपूर्ती तिर्न आदेश

  POSTED ON : Friday, 20 May, 2022 | Views : 812

जुनतेन्दो विश्वविद्यालयलाई प्रवेश परीक्षमा फेल गराएकालाई ३ देखि ९ लाख येन क्षतिपूर्ती तिर्न आदेश


टोकियो, जापान ।

टोकियो जिल्ला अदालतले बिहीबार टोकियो मेडिकल स्कूललाई पुरुष उम्मेद्वारहरूको पक्षमा प्रवेश परीक्षामा धाँधली गरेकोमा १३ जना महिलालाई करिब ८० लाख येन क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

अदालतद्धारा दिइएको यस प्रकारको पहिलो निर्णय भएको बताइएको छ ।

परीक्षाको नतिजामा हेरफेर गर्ने शृङ्खला जापानमा यो घटनाले पर्दाफास गरेपछि विश्वविद्यालयको चर्को आलोचना भएको थियो ।

अदालतले जुनतेन्दो युनिभर्सिटीको लिङ्गमा आधारित भेदभावका कारण महिलाहरूले भावनात्मक पीडा भोग्नुपरेको फैसला सुनाएको छ ।

जसका कारण प्रत्येक अनुतिर्ण गरिएका महिलाहरुलाई ३० मान देखि ९० मान येनसम्म क्षतिपूर्ति दिन भनिएको छ । वादीहरूले संयुक्त रुपमा ५ करोड ४० लाख येन क्षतिपूर्ती मागेका थिए ।