(Japan) 29 th March | 2024 | Friday | 2:36:30 PM || (Nepal) 11:21:30 AM
 
 


९७१ रात होटलमा बस्न १ करोड ४४ लाख येन भत्ता बुझेपछि एक जोडी पक्राउ

  POSTED ON : Tuesday, 13 July, 2021 | Views : 8636

९७१ रात होटलमा बस्न १ करोड ४४ लाख येन भत्ता बुझेपछि एक जोडी पक्राउ


मोरिओका, जापान ।

इवाते प्रिफेक्चरबाहिर रहेको एक होटलमा ९७१ रात बस्न मोरिओका नगर सरकारबाट सार्वजनिक भत्ता प्राप्त गरेपछि धोकाधडीको आशंकामा एक विवाहित जोडी पक्राउ गरेका छन् । सो जोडीले हाउजिङ सहायताका रुपमा कूल १ करोड ४४ लाख येन (१ लाख ३१ हजार डलर) बराबरको बसोबास खर्च दाबी गरेको आशंका गरिएको छ ।

सो जोडीले घरेलु पयर्टन क्षेत्रलाई टेवा दिन ल्याइएको गो टू ट्राभल अभियान अन्तर्गत छूटहरु प्राप्त गरेको विश्वास इवाते प्रिफेक्चरल प्रहरीले गरेको छ । उनीहरुले धोकापूर्ण तवरले कम मूल्य र नियमित कोठाका भाडामा पनि छूट लिएको हुन सक्ने बताइएको छ । घर गुमाएका मानिसहरुलाई अस्थायी उपायका रुपमा होटलमा बस्न हाउजिङ सहायता दिइँदै आएको छ । तर लामो अवधिसम्म पनि यस्तो सहायता उपलब्ध गराउँदा नगरको निगरानी प्रणालीमाथि विज्ञहरुले प्रश्न गरेका छन् ।

सहायता सामान्यताः भाडाको घरमा बस्न भाडाका लागि दिइन्छ । स्वास्थ्य, श्रम तथा कल्याण् मन्त्रालयका अनुसार एक्लै बस्ने वृद्धवृद्धाहरु वृद्धवृद्धाका लागि खोलिएको कल्याण केन्द्रहरुमा नसर्दासम्म दिइन्छ । बेघर मानिसहरुलाई पनि अस्थायी बसोबासका रुपमा होटलमा बस्न पनि सहायता दिइने गरेको छ ।

सन् २०१८ को अगष्टदेखि सन् २०२१ को मार्चसम्म आओमोरी प्रिफेक्चरको हाचिनोहे नगरमा रहेको एक होटलमा बसेको भन्दै प्रहरीले ५३ वर्षिय हितोशी इतोदा र उनको ४७ वर्षिय श्रीमति नाचुकोलाई पक्राउ गरेको छ । उनीहरुलाई जानीजानी मोरिओका नगर सरकारसँग १ करोड ४४ लाख येन बराबर ९७१ रातको लागि हाउजिङ सहायता ठगेको आरोप लगाइएको छ ।

सो अवधिमा गो टू अभियान र अन्य सेवामा छूट लागू भएको थियो । तर उनीहरुले छूट नदेखाइएको रकम रसिद नगर सरकारलाई देखाएका थिए । सो जोडीले आफूमाथिको आरोप स्वीकार गरेका छन् कि छैनन् भन्ने कुरा प्रिफेक्चरल सरकारले खुलासा गरेको छैन ।

प्रिफेक्चर प्रहरीका अनुसार सो जोडी र हितोशीका पिता (जो ९० वर्षमाथिका थिए)ले नगर सरकारबाट भत्ता लिएर स्थानीय अपार्टमेन्टमा बसेका थिए । उनीहरुलाई अन्ततः भाडा नतिरेको भन्दै जर्बजस्ती निकालिएको थियो ।

त्यसपछि उनीहरु उत्तरपूर्वी जापानको तोहोकु क्षेत्रमा रहेको होटलमा बसे । उनीहरुले सन् २०१८ को अगष्टदेखि नै अनधिकृत रुपमा लाभ प्राप्त गर्न थालेको विश्वास गरिएको छ । आरोपमा यसबारे उल्लेख गरिएको छैन । यिनीहरु तीनै जान हाचिनोहे होटलमा छुट्टाछुट्टै होटलमा बसेका थिए ।

तीन जना सदस्य भएको घरपरिवारका लागि मासिक अधिकतम् ४० हजार येन (३६३ अमेरिकी डलर) हाहउजिङ सहायता रकम दिइने मोरिओका नगर सरकारले बताएको छ ।

कुनै व्यक्तिले ह्विलचेयर प्रयोग गर्नै पर्ने लगायत अवस्थाका कारण ठूलो कोठा प्रयोग गर्न बाध्य भए भने तीन जना सदस्य भएको घरपरिवारले पाउने सहायता रकमको उच्चतम् सीमा ४७ हजार येन रहेको छ । तर हितोशीहरुले मासिक ४ लाख ४० हजार येन (४ हजार डलर) पाएको देखिएको छ । यो अधिकतम् सीमाभन्दा नौ गुणा धेरै हो । स्वास्थ्य मन्त्रालयले सन् २००९ मा जारी गरेको सूचनामा भुक्तानी हाउजिङ सहायता खर्चको दायरा भित्र हुनु पर्छ भनेर भनिएको छ ।

सम्बन्धित सामग्री: