(Japan) 3 rd July | 2022 | Sunday | 6:05:36 AM || (Nepal) 2:50:36 AM
 
 

प्रतिबन्धका बिच जापानले रुससँग साल्मोन र ट्राउट फिशिङ गरेर कम्तिमा २० करोड येन तिर्ने

  POSTED ON : Monday, 25 April, 2022 | Views : 1808

प्रतिबन्धका बिच जापानले रुससँग साल्मोन र ट्राउट फिशिङ गरेर कम्तिमा २० करोड येन तिर्ने


टोकियो, जापान ।

जापान र रुसले साल्मोन र ट्राउट फिशिङबारे सम्झौता गरेका छन् । युक्रेनमाथि आक्रमण गरेको विरोधमा जापानले रुसमाथि आर्थिक प्रतिबन्ध लगाइरहेको भएपनि दुई पक्षबीच सो सम्झौता भएको हो । सम्झौताअनुसार जापानको विशेष आर्थिक क्षेत्रभित्रबाट जापानले २ हजार ५० टन बराबरको साल्मोन र ट्राउट फिशिङ गर्न पाउने छ ।

यो गत वर्षकै हाराहारी हो । समातिएको माछा कूल तौल अनुसार रुसलाई जापानले २० करोड देखि ३० करोड येनसम्म भुक्तानी गर्नेछ । हालैका वर्षहरुमा जालमा पर्ने माछाको संख्या घट्न थालेपछि यस वर्ष शुल्क घटाइएको छ । यो गत वर्षको तुलनामा ६ करोड कम हो ।

दुबै देशका सरकारले सोमबार सम्झौतामा हस्ताक्षर गर्नेछन् । जापानी मछुवाराहरुले मेको शुरुमा होक्काइदो नजिक रहेको उक्त विशेष आर्थिक क्षेत्रमा माछा समात्ने काम शुरु गर्ने अपेक्षा गरिएको छ । अप्रिल ११ मा दुई देशका सरकारहरुले साल्मोन र ट्राउट फिशिङको कोटो निर्धारण गर्न वार्ता शुरु गरेका थिए ।