(Japan) 3 rd July | 2022 | Sunday | 5:13:30 AM || (Nepal) 1:58:30 AM
 
 

जापानले एशिया-प्रशान्त क्षेत्रमा पानीको समस्या समाधान गर्न ५ खर्ब येन दिने

  POSTED ON : Monday, 25 April, 2022 | Views : 910

जापानले एशिया-प्रशान्त क्षेत्रमा पानीको समस्या समाधान गर्न ५ खर्ब येन दिने


कुमामोतो, जापान ।

जापानले एशिया प्रशान्त क्षेत्रमा पानीसम्बन्धी समस्या समाधान गर्न करीब ५ खर्ब येन दिने भएको छ । प्रधानमन्त्री फुमिओ किशिदाले शनिबार यस्तो बताएका हुन् । किशिदाका अनुसार उक्त सहयोग रकम अगाामी ५ वर्षभित्र दिइनेछ ।

किशिदाले दक्षिण पश्चिम जापानको कुमामोतो नगरमा शनिबार आयोजित दुई दिने चौथौं एशिया–प्रशान्त जल सम्मेलनमा उक्त अभिव्यक्ति दिएका हुन् । आफ्नो देशको उन्नत प्रविधिहरुको प्रयोग गरेर उच्च स्तरीय प्रविधिको विकासमा टेवा दिन जापान तत्पर रहेको उनले संकेत गरेका छन् । अहिले जल समस्या समाधानका लागि उत्तम समय भएको किशिदाले बताएका थिए ।

सम्मेलनमा अनलाइन सहभागीहरु समेत करीब ३० देश तथा क्षेत्रका १४० जना सहभागी थियो । सम्मेलनमा सम्राट नारुहितो र साम्रागी मासाको पनि अनलाइनबाट सहभागी भएका थिए । आगामी वर्षको मार्चमा संयुक्त राष्ट्र संघको जल सम्मेलन हुँदैछ ।

सम्मेलनमा भएको घोषणालाई उक्त सम्मेलनमा छलफल गरिनेछ । सो सम्मेलनमा दीगो विकासका लागि पानी विषयमा सहभागीहरुले जलस्रोतको व्यवस्थापन र बाढी र अन्य प्राकृतिक विपद्बारे छलफल गर्नेछन् ।