(Japan) 3 rd July | 2022 | Sunday | 5:20:01 AM || (Nepal) 2:05:01 AM
 
 

यामाजाकीको ५० बर्ष पुरानो ह्विस्की लिलाम बिक्री गरिंदै, एउटै बोतललाई साढे ६ लाख डलरसम्म पर्ने

  POSTED ON : Sunday, 24 April, 2022 | Views : 916

यामाजाकीको ५० बर्ष पुरानो ह्विस्की लिलाम बिक्री गरिंदै, एउटै बोतललाई साढे ६ लाख डलरसम्म पर्ने


टोकियो, जापान ।

हङकङस्थित लिलाम घर बोनह्याम्सले यामाजाकीको दूर्लभ ह्विस्कीहरुको लिलाम बिक्री गर्दैछ । हङकङमा मे २० मा हुने उक्त लिलाम विक्रीमा बोनह्याम्सले दूर्लभ वाइन र ह्विस्की राख्दैछ । सो लिलामीमा जापानको यामाजाकी ब्रान्डको पहिलो संस्करणको ५० वर्ष पुरानो ह्विस्की पनि राखिनेछ ।

यामाजाकी डिष्टिलरीले यो ह्विस्की सन् २००५ मा पहिलो पटक बजारमा ल्याएको थियो । पहिलो संस्करणमा ५० ओटा बोटल मात्रै बजारमा ल्याइएको थियो । सन् २००७ र सन् २०११ मा पनि कम्पनीले ह्विस्कीको दोस्रो र तेस्रो संस्करण ल्याएको थियो

सन् २०१८ र सन् २०१९ मा ५० वर्ष पुरानो यामाजाकी ह्विस्की  कीर्तिमानी मूल्यमा उक्त ह्विस्कीको लिलाम बिक्री भएको थियो । अब पहिलो संस्करणको कम्तिमा १२ ओटा बोतल बाँकी रहेको अनुमान गरिएको छ । ह्विस्की ३५ लाख देखि ४५ लाख हङकङ डलर (४ लाख ४६ हजारदेखी ५ लाख ७३ हजार अमेरिकी डलर)बीच बिक्री हुने अपेक्षा गरिएको छ ।

यामाजाकीकै ५५ वर्ष पुरानो ह्विस्की भने सो लिलामीमा एउटै बोतल ४० देखि ५० लाख हङकङ डलर (५ लाख १० हजार देखि ६ लाख ६३७ हजार अमेरिकी डलर)मा बिक्ने अनुमान छ । लिलामीमा जापानको अन्य ह्विस्की पनि राखिने छन् ।