(Japan) 3 rd July | 2022 | Sunday | 4:53:33 AM || (Nepal) 1:38:33 AM
 
 

जापानी एक तिहाई कम्पनिहरुले आगामी वर्ष थप ग्र्याजुएटहरुलाई काममा राख्ने

  POSTED ON : Saturday, 23 April, 2022 | Views : 1898

जापानी एक तिहाई कम्पनिहरुले आगामी वर्ष थप ग्र्याजुएटहरुलाई काममा राख्ने


टोकियो, जापान ।

जापानका एक तिहाईभन्दा बढी ठूला कम्पनीहरुले आगामी वर्ष थप ग्र्याजुएटहरुलाई काममा राख्ने भएका छन् । योमिउरी शिम्बुन र निप्पोन टिभी नेटवर्कले गरेको पछिल्लो सर्वेक्षणले यस्तो देखाएको हो ।

कोरोना भाइरसको महामारीको प्रभावबाट जापानी अर्थतन्त्रमा पुनःबहाली आउने अनुमान बढिरहेकै समयमा जापानका ठूला कम्पनीहरु मध्ये ३६ प्रतिशतले आगमी बसन्तमा यस अघि गरिरहेको भन्दा धेरै कर्मचारीलाई भर्ती गर्ने योजना बनाएका छन् ।

यो संख्या अघिल्लो वर्ष गरिएको सर्वेक्षणको तुलनामा १४ प्रतिशत बढी हो । त्यो भन्दा पनि अघिल्लो वर्षभन्दा चाँहि यो ९ प्रतिशत धेरै हो । कोरोना भाइरसको महामारी देखिनु अघि सन् २०१९ मा गरिएको सर्वेक्षणमा यो संख्या २३ प्रतिशत मात्रै थियो ।

पछिल्लो सर्वेक्षणअनुसार विशेषगरी हवाई सेवा र खुद्रा उद्योगमा भर्तीको योजना उच्च छ । ९ प्रतिशत कम्पनीहरुले चाँहि भर्ती घटाउने बताएका छन् ।

अघिल्लो वर्षको सर्वेक्षणमा यस्तो बताउनेको संख्या २१ प्रतिशत रहेको थियो । सन् २०२० र सन् २०१९ मा यो दर क्रमशः २५ प्रतिशत र १५ प्रतिशत थियो । कोरोना भाइरसको महामारीको चपेटामा आएका कम्पनीहरुले अहिले कर्मचारी भर्ती सुचारु गर्ने वा बढाउने बताएका छन् ।

यो सूचिमा जापान एयरलाइन्स कम्पनी, जेटीबी गु्रप, दाइमारु मचुजाकाया डिपार्टमेन्ट स्टोर, होन्डा मोटर, मिचुबिशी इलेक्ट्रिक कम्पनी, यामाहा मोटर रहेका छन् ।

जेआर इष्ट समेत केही रेल्वे कम्पनीले भने ३० प्रतिशतसम्म भर्ती घटाउँदैछन् । अघिल्लो वर्षकै स्तरमा कर्मचारी भर्ती गर्ने बताउनेको संख्या ४४ रहेको छ । यो अघिल्लो सर्वेक्षणको भन्दा ५ कम हो । सर्वेक्षण मध्य मार्चदेखि अप्रिलको शुरुमा जापानका ११८ ठूला कम्पनीमाझ गरिएको थियो ।