(Japan) 3 rd July | 2022 | Sunday | 5:53:57 AM || (Nepal) 2:38:57 AM
 
 

येन र डलरको विनिमयमा स्थिरता ल्याउन जापान अमेरिका बार्ताको लागि तयार

  POSTED ON : Saturday, 23 April, 2022 | Views : 2992

येन र डलरको विनिमयमा स्थिरता ल्याउन जापान अमेरिका बार्ताको लागि तयार


वाशिङ्टन डीसी, अमेरिका ।

हालैका दिनमा अमेरिकी डलरको तुलनामा जापानी येनको भाउमा तीव्र अवमूल्यन भइरहेको छ ।

दुई देशका मुद्राबीचको विनिमय दरमा तीव्र अस्थीरता रोक्न र विदेशी विनिमय बजारलाई स्थिर बनाउन निकट रुपमा द्विपक्षीय सञ्चार गर्न अमेरिका र जापानले सहमति जनाएका छन् । जापानी अर्थमन्त्री शुनिची सुजुकीले बिहिबार यस्तो बताएका हुन् ।

अमेरिका भ्रमणका क्रममा सुजुकीले अमेरिकी अर्थमन्त्री जेनेट येलेनलाई भेटेका थिए । सो भेटघाटमा सुजुकी र येलेनले डलरको तुलनामा येनको भाउमा आएको तीव्र कमीबारे छलफल गरेको पत्रकार सम्मेलनमा सुजुकीले भनेका छन् ।

जापान र अमेरिकाका मुद्रा अधिकारीहरुले सात औद्योगिक देशहरुको समूह जी सेभेनका सदस्य देशहरुको मुद्राबीचको विनिमय दरबारे एकअर्कासँग निकटतम् रुपमा छलफल गर्नेबारे आफूहरुले पक्कापक्की गरेको सुजुकीको भनाइ छ ।

हालैका दिनमा विदेशी विनिमय दर कुन स्तरमा तीव्र उतारचढाव भइरहेको छ भन्नेबारे आफूले येनेनलाई नम्बरमै व्याख्या गरेको पनि उनले बताए । यही हप्ता प्रति डलर जापानी येनको भाउ १२९ येनमाथि उक्लिएको छ । जापानमा डलर यो स्तरमा महँगिएको यो २० वर्षयता पहिलो पटक हो ।