(Japan) 3 rd July | 2022 | Sunday | 5:21:51 AM || (Nepal) 2:06:51 AM
 
 

जापानमा रहेको विश्वको सबैभन्दा ठुलो सुनको मूल्य बढेर २ अर्ब २० करोड नाध्यो

  POSTED ON : Friday, 22 April, 2022 | Views : 1722

जापानमा रहेको विश्वको सबैभन्दा ठुलो सुनको मूल्य बढेर २ अर्ब २० करोड नाध्यो


टोकियो, जापान ।

जापानमा विश्वको सबैभन्दा ठूलो गोल्ड बारको भाउ बढेको छ । युक्रेनी संकटबीच अस्थीरता चुलिएको अनि विश्व बजारमा कमोडिटीको भाउ बढिरहेकै समयमा जापानमा विश्वको सबैभन्दा ठूलो गोल्ड बारको भाउ बढेको हो । 

२५० केजीको सो गोल्ड बारको मूल्य २ अर्ब २० करोड येन अर्थात (१ करोड ७१ लाख डलर)भन्दा माथि उक्लिएको छ ।

यो सन् २००५ मा मध्य जापानको थिम पार्कमा उक्त गोल्ड बार प्रदर्शनमा राखिएको बेलाको भन्दा ५ गुणाभन्दा पनि धेरै बढी हो । सो गोल्ड बार शिजुओका प्रिफेक्चरको इजुस्थित तोई गोल्ड माइन थिम पार्कमा प्रदर्शनमा राखिएको छ ।

उक्त गोल्ड बार पार्क सञ्चालकको मातृ कम्पनीले पगालेर सन् २००५ मा बनाएको हो । यो सोही वर्ष विश्वको सबैभन्दा ठूलो गोल्ड बारको रुपमा गिनिज बूकमा दर्ता भएको छ ।

सन् २००५ को जुलाईमा सार्वजनिक रुपमा प्रर्दशनमा राखिँदा यसको भाउ ४० करोड येन थियो । बुधबार सम्ममा कर समेत १ ग्राम सुनको भाउ ८ हजार ९६९ येन भएको गोल्ड बार म्यानुफ्याक्चरर तानाका किकिनजोकु कोग्यो के.के.ले बताएको छ ।

संकटको समयमा सुनलाई सरक्षित लगानीको रुपमा हेरिनछ । कोरोना भाइरसको महामारी र रुसले युक्रेनमाथि हमला गरेपछि उत्पन्न अस्थीरताबीच सुनको भाउ बढेको छ । अमेरिकी डलरको तुलनामा जापानी येनको भाउ हालैका दिन तीव्र रुपमा अवमूल्यन भएकोले पनि गोल्ड बारको भाउ बढेको हो ।